रुकुमपूर्वको जंगलमा भेटिए एक दर्जन बढी सकेट बम

दाङ । रुकुम पूर्वको एक जंगलमा एक दर्जन बढी सकेट बम फेला परेका छन् ।

सिस्ने गाउँपालिका–२ बुर्किसल्लाको जंगलमा सकेट बम फेला परेको वडाध्यक्ष जीवन केसीले जानकारी दिए । बिहीबार दिउँसो ओढारमा प्लास्टिकको ड्रममा लुकाएर राखिएको अवस्थामा शंकास्पद वस्तु फेला परेपछि स्थानीयले वडा कार्यालयलाई जानकारी गराएका थिए । त्यसपछि वडा कार्यालयले प्रहरीलाई खबर गरेको थियो ।

जिल्ला प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक गणेशबहादुर श्रेष्ठले कालो प्लाष्टिकको ड्रमभित्र एक दर्जन बढी सकेट बमजस्तो देखिने वस्तु फेला परेको बताए ।

सो क्षेत्रमा माओवादीको प्रभाव पर्ने भएकाले ती वस्तु द्वन्द्वकालमा लुकाएर राखिएका बम नै हुन सक्ने प्रहरीले जनाएको छ । शंकास्पद वस्तु निष्कृय पार्न नेपाली सेनाको टोली पनि घटनास्थलमा पुगेको छ ।

यो पनि पढ्नुहोस् – काठमाडौं । ताप्लेजुङको सदरमुकाम फुङलिङ बजारमा आगलागीमा परेर एक वृद्धाको जनाको मृत्यु भएको छ ।

फुङलिङ नगरपालिका- ४ स्थित कोप्चेमा विहान ८ बजेदेखि लागेकाे आगलागीमा परेर एक वृद्धाको मृत्यु भएको हो । ग्यास लिंक भएर दुई वटा घरमा आगलाी भएको प्रमुख जिल्ला अधिकारी महेश कुमार पोखरेलले नेपालप्रेसलाई बताए ।

उनले भने,‘ एक जना वृद्ध आमा घरभित्रै हुनुहुदो रहेछ । घाइते अवस्था निकालेर अस्पताल पठाउने क्रममा मृत्यु भएको छ ।’ अहिले आगो नियन्त्रणमा आएको उनले बताए ।

उनकाअनुसार मृतकको पहिचान खुलिसकेको छैन । आगलागी नियन्त्रणका लागि शसस्त्र प्रहरीऽ प्रहरी, सेना, स्थानीय र दमकलसहितको अग्निनियन्त्रक खटिएका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय