कृष्ण भट्टराई गुल्मी । युनाइटेड वर्ल्ड स्कुल्स नेपाल(UWS Nepal) को आयोजना तथा Canopy Nepal नामक संस्थाको समन्वयमा चार दिने कथा बुनौ कार्यक्रम श्री पशुपति निम्नमाध्यमिक बिद्यालय मुसिकोट नगरपालिका ४ तल्लो दजाकोटमा संचालन भएको छ।
बिद्यालयमा अध्ययनरत बिद्यार्थिको क्षमता वृद्धि गर्ने उद्देश्यले आयोजना गरिएको उक्त कार्यक्रममा कक्षा पाँच देखि कक्षा सात सम्मका सैतिस जना छात्र छात्राहरु सहभागी गराइएको बिद्यालयका प्रधानाध्यापक दुर्गा बहादुर राकसकोटिले बताउनुभयो।
बिद्यार्थिका अन्तरनिहित क्षमता वृद्धि गर्न साहित्यिक रचना मध्य कथा लेखन महत्वपूर्ण पक्ष हुनाले साथै खेलकुद ,चित्र तथा अभिनयका माध्यमबाट कथा लेखन अभ्यास गराउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको युनाइटेड वर्ल्ड स्कुल्स नेपाल गुल्मी शाखाका शिक्षा अधिकृत अनुज सिग्देलले जानकारी दिनुभयो।कथा बुनौ कार्यक्रममा युनाइटेड वर्ल्ड स्कुल्स नेपाल संखुवासभा जिल्लाका शिक्षा बिभाग प्रमुख(education officer) बिक्रम भट्टराई, गुल्मी शाखा शिक्षा अधिकृत अनुज सिग्देल तथा स्कुल मोबिलाइजर मिना बोहोरा सिंजालिको बिशेष उपस्थिती रहेकोे छ।
कथा लेखन कार्यक्रममा Canopy Nepal संस्थाका प्रोग्राम कोअर्डिनेटर अङ्गिरस कार्की ,प्रोग्राम असिस्टेन्ट रिया पौडेल ,प्रोग्राम फेसिलेटर प्रज्ञा सिलवालले सहभागिहरुलाइ कथा लेखन सम्बन्धी प्रशिक्षण दिइरहनु भएको छ।
बिद्यार्थिको रुचि र मनोरञ्जन मात्र नभइ कथाको माध्यमले समुदाय र परिवेश चित्रण समेत गर्न सक्ने भएकोले सकारात्मक परिवर्तनको लागि कथाको भुमिका महत्त्वपूर्ण हुने हुँदा विभिन्न बिद्यालयको समन्वयमा कथा रचना तथा लेखन सम्बन्धि बिद्यार्थिलाइ प्रशिक्षण कार्यक्रम आयोजना गरिएको युनाइटेड वर्ल्ड स्कुल्स नेपालले जानकारी दिएको छ।
कथालेखन प्रशिक्षणमा आउनुभएका UWS Nepal र Canopy Nepal को प्रतिनिधिहरुलाइ बिद्यालयले स्वागत कार्यक्रम समेत गरेको थियो।बिद्यालयको शिक्षक अभिभावक संघ अध्यक्ष थमन बहादुर गाहा मगर ,प्रधानाध्यापक दुर्गा बहादुर राकस्कोटी ,शिक्षक स्टाफ तथा बिद्यार्थिले पाहुनालाइ टीका र माला लगाइ स्वागत गरेका थिए।
चार दिने कथा बुनौ कार्यक्रम आजबाट सुरु भएर आगामी आइतबार समापन गरिने बिद्यालय परिवारले जानकारी दिएको छ।


