नगरपालिकाको समन्वय तथा एन.एल.एस.आइ.पी.)को आयोजनामा मुसिकोटमा अभिमुखीकरण कार्यक्रम सम्पन्न ।

विष्णु प्रसाद आचार्य (चकित) मुसिकोट गुल्मी

मुसिकोट नगरपालिकाको समन्वय तथा नेपाल लाइभस्टक सेन्टर इनोभेसन आयोजना सहयोग इकाइ (एन.एल.एस.आइ.पी.)बुटबलको आयोजनामा मुसिकोट नगरपालिकामा एक विश्व एक स्वास्थ्य विषयक सरोकारवाला निकायबीच एक दिवसीय अभिमुखीकरण कार्यक्रम आइतबार सम्पन्न भएको छ ।

मुसिकोट नगरपालिकामा कृषीजन्य उपजको उत्पादन तथा वितरणको लागि सहयोग होस भन्ने उद्धेश्यका साथ सञ्चालन गरिएको कार्यक्रममा विशेष गरि स्वस्थ दुध र स्वस्थ मासुको उत्पादन तथा वितरणको लागि के कसरी व्यवस्थापन गर्न सकिन्छ भन्ने विषयमा अन्तक्रिया सम्पन्न भएको मुसिकोट नगरपालिकाका पशुसेवा प्राविधीक महेन्द्र पनथीले जानकारी दिनुभयो ।

कार्यक्रममा मुसिकोट नगरपालिकाका नगर प्रमुख सोमनाथ सापकोटा प्रमुख अतिथीको रुपमा बोल्दै कृषी र पशुपालनलाइ बढावा दिइ दुध र मासुमा आत्मनिर्भर बन्न नगरपालिकाले विशेष पहल गर्ने र गरिरहेको बताउनुभयो, त्यसका लागि किसान स्वयम् सक्रिय हुनुपर्ने र नगरपालिकासँग समन्वय गर्नुपर्ने बताउनुभयो । जसको लागि नगरपालिकाले कृषकको लागि धेरै सहयोगका कार्यक्रम ल्याएको पनि प्रकाश पार्नुभयो ।

कार्यक्रममा अतिथीको रुपमा गुल्मी मुसिकोट उद्योग वाणिज्य सँघका अध्यक्ष सुर्दशन शाक्यले बोल्दै उपभोक्ताहरुको हितलाइ मध्यनजर गरि व्यवसायीहरुले कृषी उपज उत्पादन तथा वितरण गरिदिनुहुन आग्रह गर्नुभयो ।

नगरप्रमुखद्धारा कार्यक्रमको व्यानर पढेर उद्घाटन गरिएको कार्यक्रममा नगर उपप्रमुख कमला शर्मा, वडा नं ७ का वडाध्यक्ष प्रकाश काफ्ले, कार्यपालिका सदस्य हरी प्रसाद छन्तेल, नगरपालीकाका विभीन्न शाखाका शाखा प्रमुखहरु तथा प्रत्येक वडाबाट प्रतिनिधीत्व हुनेगरी दर्ता भएका कृषी तथा पशुपालन फार्म, फ्रेस हाउस, मासु व्यवसायी, दुग्ध व्यवसायी लगायतको सहभागिता तथा कृषक, व्यापारी, पत्रकार गरि झण्डै ७५ जनाको उपस्थिती रहेको थियो ।

एन.एल.एस.आइ.पी.का पशु चिकित्सक लोकराज भुषालको स्वागत मन्तव्य सँगै सुरु भएको कार्यक्रमको सभापतित्व आयोजना प्रमुख डा. पुरुषोत्तम त्रिपाडीको रहेको कार्यक्रमको सञ्चालन आयोजनाका पशु स्वास्थ्य प्राविधीक सुन्दर वि.क ले गर्नुभएको थियो भने सहजीकरण नगरपालिकाका पशुसेवा प्राविधीक महेन्द्र पन्थीले गर्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय