सुरज भट्टराई गुल्मी । गुल्मीबाट जापानमा रहनुहुने आम गुल्मेलीहरूको पवित्र सॅंस्था गुल्मेली समाज जापानले ११२औ अन्तराष्ट्रिय नारि दिवसको अबसरमा एऊटा भर्चुअल मिटिङद्वारा मनाएका छन् ।
गुल्मीको माटोमा जन्मेर राष्ट्रको माथिल्लो तहसम्म पुगेर काम गरिरहेका राष्ट्रसेवक कर्मचारिलाई उक्त मिटिङ्ग मा समाबेस गरि समयसामयिक बिषयमा छलफल गरि मनाएको हो ।
गुल्मेली समाज जापानका अधक्ष महेन्द्र कुमार अधिकारीको शभापत्तित्वमा सन्चालन भएको कार्यक्रमको सन्चालन सॅंस्थाकी महासचिब संगिता कुवरले गर्नुभएको थियो ।
त्यसै गरि प्रमुख आतिथीको रूपमा काभ्रेपलाञ्चोक जिल्लाकी प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डे को ऊपस्थिती रहेको थियो भने बिशिष्ट अतिथीमा गुल्मेली समाज जापानका निबर्तमान अधक्ष शालिकराम भन्डारी ,नेपाल राजदुताबास जापानका दित्तिय सचिब जित ब कार्की को सहभागिता रहेको थियो ।
कार्यक्रममा गुल्मी जिल्लामा जन्मेर नेपाल सरकारको बिभिन्न तह र तप्काका काम गर्ने देशभक्त कर्मचारिहरू बिच “सामाजिक न्याय र लैङ्गिक समानाता :दिगो विकासको सुनिश्चितता “ भन्ने समसामयिक बिषयमा छलफल गरिएको थियो ।
कार्यक्रममा हुमकला पाण्डे सि डि ओ काभ्रेपलान्चोक जिल्ला , बिमला पौडेल ऊपसचिब नेपाल कानुन आयोग , मुना पौडेल उपन्याधिबक्ता ऊच्च सरकारि वकिल कार्यालय पाटन ललितपुर , दान ब कार्की एस .पी नेपाल प्रहरी , सिता भुसाल महिला अधिकारकर्मी को अतिथिको रूपमा उपस्थिती रहेको थियो । उपस्थित सबै अतिथिले आफ्ना बिचारहरू राख्नुभएको थियो ।
कार्यक्रमा बोल्दै प्रमुख अतिथी पाण्डेले ले समाजमा पुरातनबादी सँस्कृति र सोच का कारण महिला माथी हुने लैंगिक भेदभाव, हिंसा , बलत्कार जस्ता सामाजिक अपराध हरु रहेको हुदा सबैले आ आफ्नो परिबार , समाज र क्षेत्र बाट यो सोँचको अन्त्य गर्न पहल गर्नु हामी सबै को कर्तब्य र दायित्व रहेको जानकारि दिनुभएको थियो ।
त्यस्तै कार्यक्रमका शभापति गुल्मेली समाज जापानका अधक्ष महेन्द्र कुमार अधिकारी ले हिजो हाम्रा आमाहरुको पिढि, आज हाम्रा श्रीमति , दिदि बहिनिहरुको पिढि र भोली हाम्रा छोरी चेली हरुको पिढि सम्म पनि एकै प्रकार को सामाजिक मान्यता र चलन रहिरहनु हुदैन भन्ने आजको आबस्यकता र हाम्रो बिचार रहेको जानकारि दिदै यसको लागी जनचेतना , आधुनिक शिक्षा, सभ्य समाज मुख्य प्रेरणा का श्रोत हुने छन ।
गुल्मेली समाज जापानले आफ्नो जिल्ला , समाज र सिँगो देशको परिबर्तनको लागी र महिला हिँसा , बाल हिंसा लगायतका कुकार्य हरु , बिरुद्द डटेर अगाडी बढ़ने कुरा अबगत गराऊदै समाज सेवाको नाममा समाजले कुनै धर्म , राजनीति , जात जाती , धनि गरिब नभनी समान हिसाबले सबैको न्याय र हितमा अगाडी बढ़ने जानकारी दिदै कार्यक्रमको समापन गर्नुभएको थियो ।


