गुल्मी। गुल्मीको मुसिकोट वामीमा टिप्परले मोटरसाईकललाई ठक्कर दिँदा १ जना घाइते भएका छन् ।
बुधबार मुसिकोट नगरपालिका वडा नम्बर ७ वामीटकसार बजारमा लु १ क ५०३७ नम्बरको मालबाहक टिप्परले बिपरित दिसाबाट आएको लु ७८ प ४७५७ नम्बरको मोटरसाईकललाई ठक्कर दिँदा मोटरसाईकल चालक टेक बहादुर राहाडि घाईते भएको वामी प्रहरि चौकिका अस्थाई ट्राफिक प्रहरि सुनिल थापाले जानकारी दिनुभयो ।
घाईते हुनेमा गुल्मी जिल्ला सत्यबति गाउपालिका वडा नम्बर २ लुम्पेक स्थाई घरभई हाल मुसिकोट नगरपालिका वडा नम्बर ७ वामी बस्ने श्री महेन्द्र आदर्श नमुना माबि वामीका शिक्षक टेक बहादुर राहाडी रहेका छन् ।
घईते राहाडिलाई लुम्बिनि वामी हस्पिटलमा प्राथमिक उपचार गरि थप ऊपचारको लागि हटिया पठाईएको छ।
मोटरसाईकललाई ठक्कर दिने टिप्परलाई भने घाईते राहाडि कै सहमातिमा बिल बुक ट्राफिक सङ्ग रहने र उपचार पछि उपचार खर्च र मोटरसाईकल मर्मतका बिषयमा दुई पक्ष राखि सहकार्य गर्ने सहमतिमा टिप्पर छोडिएको वामी प्रहरि चौकिका अस्थाई ट्राफिक प्रहरि सुनिल थापाले जानकारी दिनुभयो ।


