११२औं नारी दिवस पृथ्वी माध्यमिक बिद्यालयमा सम्पन्न ।।

कृष्ण भट्टराई गुल्मी । मुसिकोट नगरपालिका वार्ड नं २,३ र ४ को संयुक्त आयोजनामा ११२औं अन्तरास्ट्रिय नारी दिवस विभिन्न कार्यक्रमका साथ वार्ड ३ को श्री पृथ्वी माध्यमिक बिद्यालयमा मनाइएको छ।

सामाजिक न्याय र लैङ्गिक समानता:दिगो बिकासको सुनिश्चितता भन्ने राष्ट्रिय नाराका साथ कार्यक्रमका सहभागीले विभिन्न विभेद बिरोधि तथा समानता झल्काउने सन्देस लेखिएका प्ले कार्ड ब्यानर सहित वार्ड नं ३ को मैदान बजार क्षेत्रमा प्रभातफेरी गरेका थिए।प्रभातफेरी कार्यक्रममा मुसिकोट नगरपालिकाका वार्ड नं २, ३ र ४ का वार्ड अध्यक्ष ,कार्यपालिका सदस्य,जनप्रतिनिधि ,राजनैतिक दल,पत्रकार ,

पेगा निम्नमाध्यमिक बिद्यालय ,जनजागृती माध्यमिक बिद्यालय ,पृथ्वी माध्यमिक बिद्यालय ,महिला संघ सङ्गठनका पदाधिकारी ,समाजसेवी लगाएत विभिन्न गैरसरकारी संस्थाका प्रतिनिधि तथा स्थानिय नागरिकको उल्लेख्य सहभागिता रहेको थियो।

कार्यक्रममा देउराली कृषि तथा पशु बिकास सहकारी संस्थाकि अध्यक्ष राधिका घिमिरे,पृथ्वी माध्यमिक बिद्यालय का शिक्षक बोम बहादुर छन्तेल,स्थानीय जनप्रतिनिधिको तर्फ बाट वार्ड नं ३ का वडा सदस्य शंकर रायमाझी ,मुसिकोट नगरपालिका पन्जिकरण शाखाका महेन्द्र घिमिरे,वार्ड नं २ का वडाध्यक्ष लक्ष्मण खत्री,वडा नं ३ का वडाध्यक्ष कर्ण बहादुर घर्ती क्षेत्री लगाएतले शुभकामना मन्तव्य व्यक्त गर्नु भएको थियो।

त्यस्तै पृथ्वी माध्यमिक बिद्यालयका छात्रा बर्षा घिमिरे र करिष्मा घिमिरे तथा जनजागृती माध्यमिक बिद्यालयकि छात्रा ममता बुढाथोकीले नारी शिर्षकका आफ्ना रचनामा कविता बाचन गरेका थिए।जनजागृती माध्यमिक बिद्यालयकि छात्रा पर्मिला सुनारले नारिको वेदना समेटिएको लोकगित प्रस्तुत गरेकी थिइन भने सोही बिद्यालयकै छात्रा दिया थापाले बर्तमान समयमा महिलाको भुमिका शिर्षकमा आफ्ना तर्क प्रस्तुत गरेकी थिइन।

कार्यक्रममा पृथ्वी माध्यमिक बिद्यालयका छात्र /छात्रा हरुले नारी वेदना तथा सफलताका काहानी समेटिएका गितहरुमा आफ्ना नृत्य प्रस्तुत गरेका थिए।हेफर प्रोजेक्ट गुल्मी वार्ड नं २ कि सामाजिक सहजकर्ता सावित्रा बिष्ट घिमिरेको स्वागत मन्तव्य रहेको कार्यक्रमका अधिकांश बक्ताले नारिलाइ सुसूचित गर्नको लागि नेपालको संविधान र स्थानीय तहले भरपुर प्रयास गरिरहेपनी चाहेजस्तो उपलब्धी हात नलागेको बताएका थिए।

कार्यक्रममा शुभकामना मन्तव्य प्रस्तुत गर्दै वार्ड नं ३ का वार्ड अध्यक्ष कर्ण बहादुर घर्ती क्षेत्रीले २१ औं शताब्दीमा महिलाले आफ्ना गुनासा ब्यक्त गर्नको लागि तिज लाई पर्खनु पर्ने बाध्यता रहेको औल्याउनुभयो।महिलाको सशक्तीकरणका लागि आयोजना गरेका कार्यक्रममा जिम्मेवार पक्षबाटै हेलचक्राइ र लापरबाही गर्ने गरेको बताउदै आफ्ना हक अधिकारको लागि महिला स्वयं नै थप कृयाशिल भै चनाखो रहनुपर्नेमा जोड दिनुभयो।

नारी दिवस कार्यक्रम मुसिकोट नगरपालिका कार्यपालिका सदस्री सरस्वती घिमिरेको अध्यक्षता,नगर उप प्रमुख कमला शर्मा को प्रमुख आतिथ्यता,योजना शाखा प्रमुख मुना ज्ञवाली र वार्ड नं २,३ र ४ का वडाध्यक्षहरुको विशेष आतिथ्यता तथा पृथ्वी माध्यमिक बिद्यालयकि शिक्षिका उषा गौतम घिमिरेको संचालन मा सप्पन्न भएको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय