कांग्रेसको चुनावी अभियान : एमसीसीबारे भ्रम चिर्ने, ओली सरकारका कामको भण्डाफोर गर्ने

काठमाडौं । नेपाली कांग्रेसले एकमहिने चुनाव लक्षित कार्यक्रम सुरु गर्ने भएको छ ।

अमेरिकी सहायता परियोजना एमसीसी र आफ्नो नेतृत्वको सरकारले गरेका कामहरुको बारेमा जनतालाई जानकारी दिन अभियान सञ्चालन गर्न लागेको हो । कांग्रेसले ‘घरघर जाऔँ, नेपाली कांग्रेसलाई जिताऔँ’ अभियान सुरु गरेर एमसीसी बारेमा रहेको भ्रमहरुको निवारण गर्ने जनाएको छ ।

अभियान फागुन २९ गतेबाट सुरु हुने भएको छ । कांग्रेसले एमसीसीका बारेमा मात्रै नभएर अभियानका क्रममा तत्कालीन नेकपा नेतृत्वको सरकारको तीन वर्षीय कार्यकालमा भएका जनविरोधी गतिविधि, असंवैधानिक कदम र भ्रष्टाचार प्रकरण पनि उठाउने जनाएको छ ।

– नेपाल प्रेसबाट

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय