डलरको भाउ अकासिँदा नेपाली रुपैयाँ अहिले सम्मकै कमजोर

काठमाण्डौ । रुस र युक्रेनको युद्धका कारण डलरको भाउले आकास छोएको छ । डलर बढ्दा नेपाली रुपैयाँ अहिले सम्मकै कमजोर भएको छ ।

भारुसँग नेपाली रुपैयाँको स्थिर विनिमय दर छ। यसले गर्दा भारु कमजोर हुँदा नेपाल नेपाली रुपैयाँ समेत कमजोर भएको हो। नेपाल राष्ट्र बैंकको तथ्याँक अनुसार मंगलबार अमेरिकी डलरको भाउ १२३ रुपैयाँ ४४ पैसा कायम भएको छ। यो अहिलेसम्मकै उच्च हो।

यसअघि २०७६ चैत ४ गते डलरको भाउ १२३ रुपैयाँ २९ पैसा पुगेको थियो। सो पश्चात मंगलबार डलरको भाउले उक्त रेकर्डलाई तोड्दै नयाँ रेकर्ड बनाएको हो।

पछिल्लो केहि दिन यता डलरको भाउ लगातार बढ्दै गएको छ। डलर महंगिएसँगै नेपाली रुपैयाँ कमजोर बन्दै गएको छ। नेपालीले १ डलर साट्नको लागि १२३ रुपैयाँ ४४ पैसा खर्च गर्नुपर्ने भएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय