अझैपनि मार्च ८ मा नारी दिवस मनाइन्छ भन्ने अधिकाम्श महिलाहरुलाइ थाहा नै छैन

विष्णुप्रसाद आचार्य (चकित)मुसिकोट गुल्मी । – अन्तरास्ट्रिय स्तरमै मनाउदै आइरहेको नारि दिवस यस वर्ष ११२ औ अन्तरास्ट्रिय नारी दिवसको रुपमा मनाइरहदा अधिकाम्श महिलाहरूलाइ मार्च ८ मै नारी दिवस मनाइन्छ भन्ने सम्म थाहा हुन नसकेको महेन्द्र आदर्श नमुना मा वि वामिटक्सारकि शिक्षक तथा मुसिकोट नगरपालिकाकि सेनेटरि प्याड फोकल पर्सन समिक्षा आचार्यले बताउनुभएको छ ।

निकै खराब अवस्थाहरु पार गर्दै केहि हद्सम्म महिलाहरुका हकहितका कुराहरु सम्विधानमा समेत व्यवस्था भएको भएपनि धेरै महिलाहरुको परिवर्तित अवस्थामा समेत अवस्था निकै नाजुक रहेको उहाले बताउनुभयो ।

महिलाहरूलाइ दिइएकोआरक्षण वा समावेशीताले निश्चित महिला पद,प्रतिस्ठा र पहुँचमा पुगेपनि औषत रुपमा महिलाहरू निकै पछाडि रहेको उहाले बताउनुभयो । संविधानले जे जस्ता व्यवस्था गरेपनि हाम्रो सस्कारमा अझै पनि महिलाप्रति दमित मनसाय रहेको उहाले दाबि गर्नुभयो ।

महिलाहरुलाइ समावेशीता भन्दापनि समानता आजको आवस्यकता रहेकोले कसैले दया गरेर आरक्षण दिएर समग्र महिलाहरुको अवस्था माथि उठ्न नसक्ने उहाको भनाइ छ ।महिलाहरूलाइ जति अधिकार दिइएपनि उनीहरु नै आफ्नो अधिकारको लागि बोल्न लरबराउने र खुट्टा कमाउने अवस्था रहेको उहाको टिप्पणी रहेको छ ।

सोहि प्रसङ्गमा उहाले महिला महिला बिचमा पनि प्रतिस्पर्धाको कारणले एकले अर्कोलाइ स्वीकार गर्न नसक्नु र अनेक अपमानजनक शब्दले सम्बोधन गर्ने प्रथा समेत कायम रहेकोले त्यसको अन्त्य नहुनु पनि नारी अधिकार ओझेलमा पर्नु एउटा कारण भएको उहाको दाबि रहेको छ ।

फरक प्रसङ्गमा उहाले मुसिकोटका विद्यालयहरूमा वितरण गरिएको सेनेटरि प्याडमा सोचेजति सफलता प्राप्त गर्न नसकेपनि किशोरीहरुलाइ प्याड वितरणले शिक्षण सिकाइ र विद्यालयमा उनीहरुको उपस्तिथि बढेको उहाको तर्क रहेको छ, साथै निर्धक्क भएर महिनावारी भएको बेलामा प्याड माग्न नसकेपनि अवस्था परिवर्तन भने भएको उहाले दाबि गर्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय