मंगलबारको ब्रत लिनुहुन्छ ? के गर्ने, के नगर्ने ?

काठमाडौं | आज मंगलबार । हिन्दु धर्म अनुसार हरेक साताको हरेक एकदिन कुनै भगवानको नाममा ब्रत बस्ने गरिन्छ ।

त्यसैगरी आज मंगलबार पनि धेरैजना गणेश भगवानको प्रार्थना गरि ब्रत बस्ने दिन । सबै किसिमका सुख प्राप्त गर्न, रक्तविकार शमन गर्न, शत्रुदमनका निम्ति, स्वास्थ्य रक्षार्थ तथा पुत्र प्राप्तिका लागि मङ्गलबारको ब्रत एकदमै उत्तम मानिन्छ । यो ब्रत शुक्ल पक्षको पहिलो मङ्गलबारबाट सुरु गर्नुपर्दछ ।

मंगलबारको ब्रतबाट मङ्गल ग्रहको अनिष्ट फल पनि शान्त हुन पुग्छ । बिहान उठेर स्नान गरी शुद्ध भएपछि रातो कपडा धारण गरी ’ॐ भौमाय नमः’ ५ माला जप गर्नुपर्दछ ।

गणेश भगवानको आराधना गर्नुपर्दछ । पूजा गर्दा रातो फूल, फल, तामा, नरिवल आदि दान गर्नुपर्दछ । यो ब्रत कमसेकम २१ वटा मङ्गलबारसम्म लिने प्रचलन छ ।

सकिन्छ भने जीवनभरि नै लिए अझ राम्रो मानिन्छ। यस व्रतमा गहुँ र सख्खरको भोजन गर्नुपर्ने हुन्छ, रातो कपडा लगाउनु पर्दछ । एक छाक अलिनो भोजन गर्नु पर्दछ ।

ब्रतको फाइदा – ब्रत बस्नाले शरीरको शुद्धिकरणमा फाइदा पुग्छ । मोटोपन कम गर्नु, आन्तरिक सन्तुलन र सुव्यवस्थाको स्थिति प्राप्त गर्नु, थकान र अनिद्रा भगाउनु ।

ब्रतले संकल्प र शक्तिको विकास र दृढ रहनमा सहयोग गर्दछ । यदि मानिस वास्तवमै केही प्राप्त गर्न चाहान्छ भने तवसम्म उ व्रत बस्छ जबसम्म उसले चाहेको उद्धेश्य पूरा हुँदैन ।

ब्रतमा भोकै बस्नुपर्ने हुनाले तपाईले खान मन गरेपनि तपाईको इन्द्रियको पुकार तपाईको इक्षाशक्तिले नियन्त्रण गरिदिन्छ । यदि तपाईको इच्छाशक्ति दृढ हुन सकेन भने तपाई केही फलफूल र दूध पिउन सक्नुहुन्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय