ट्रकको ठक्करबाट किशोरीको मृत्यु

धनगढी । कैलालीमा ट्रकको ठक्करबाट एक किशोरीको मृत्यु भएको छ ।

मोहनापुल-अत्तरिया सडकखण्डअन्तर्गत धनगढी उपमहानगरपालिका–१३ राजपुरमाबा २ ख५१५५ नम्बरको ट्रकले ठक्कर दिँदा साइकलमा सवार सोही ठाउँकी १६ वर्षीया स्वस्तिका कुँवरको मृत्यु भएको प्रहरीले जनाएको छ ।

जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक वकिलबहादुर सिंहले ट्रकको ठक्करबाट गम्भीर घाइते भएकी कुँवरको उपचारका क्रममा माया मेट्रो अस्पतालमा मृत्यु भएको जानकारी दिए ।

उनका अनुसार ठक्कर दिने ट्रक र चालक गोदावरी नगरपालिका–४ का गणेश लामालाई नियन्त्रणमा लिइएको छ । कुँवरको शव परीक्षणका लागि सेती प्रादेशिक अस्पतालमा राखिएको छ ।

यो पनि पढ्नुहोस् – जनकपुरधाम । मिथिला मध्यपरिक्रमामा सहभागी एक तीर्थालुको सोमबार मृत्यु भएको छ । मृत्यु हुनेमा भारत बिहारकी ५० बर्षीया प्रमिला देवी दास रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।

परिक्रमा टोली जलेश्वर पुगेको बेला जलेश्वर नगरपालिका–६ स्थित परिक्रमा पोखरीको सिँढीमा रिंगटा लागेर लडेकी थिइन् । उपचारका लागि अस्पतालतर्फ लैजाँदै गर्दा उनको मृत्यु भएको जिल्ला प्रहरी कर्यालय महोत्तरीका प्रवक्ता डीएसपी प्रकाश विष्टले जानकारी दिए ।

मृतकको शव जलेश्वर अस्पतालमा पोष्टमार्टम गरेपछि आफन्तलाई बुझाएको प्रहरीले बताएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय