मुसिकोट नगरपालिकाको पाचौं स्थापना दिवस भव्यताका साथ सम्पन्न !

भुवन काफ्ले मुसिकोट गुल्मी । गुल्मीको मुसिकोट नगरपालिकाको पाचौं स्थापना दिवस भव्यताका साथ सम्पन्न भएको छ ।

मुसिकोट नगरपालिकाका नगर प्रमुख सोमनाथ सापकोटाको अध्यक्षतामा अन्तर मा.वि स्तरिय वक्तृत्वकला र विविध सास्कृतिक कार्यक्रमहरुको साथमा  नगरपालिकाले आफ्नो पाचौं स्थापना दिबस भव्यताका साथ मनाएको छ  ।

सोअबसरमा नगर उप-प्रमुख कमला शर्मा, प्रमुख प्रशासकिय अधिकृत खिमान्नद भुसाल, नगर भित्र रहेका सबै वडाका वडा अध्यक्षहरु, बिभिन्न राजनितीक दलका प्रतिनिधि, पत्रकार,आमा समुह,वित्तिय सस्था,क्लब,कृषक समुह,लगायतको उपस्थिति रहेको थियो ।

नगरपालिकाले स्थापना दिवसको अवसरमा विभिन्न सास्कृतिक झाकिसहित प्रभातफेरि, अन्तर मा.वि स्तरिय वक्तृत्वकला, कर्मचारीबिच मैत्रीपुर्ण भलिवल र ब्याडमिन्टन प्रतियोगिता,कर्मचारी र जनप्रतिनिधिको अन्तर्सम्बन्ध साथै स्थानिय सरकारमा ५ वर्षको अनुभव विषयक परिसम्वादजस्ता कार्यक्रम मुसिकोटमा जन्म भई कालाकारिता क्षेत्रमा नाम कमाउन सफल राष्ट्रिय तथा स्थानिय कलाकार सम्मान लगायका कार्यक्रमहरु सम्पन्न भएका छन् ।

मुसिकोट नगरपालिका वडा नम्बर ७ स्थित बसपार्कमा सम्पन्न भएको उक्त कार्यक्रममा नगर उप-प्रमख  कमला शर्माको स्वगत मन्तब्य र राजस्व बिभाग प्रमुख गोबिन्द कंडेलको सञ्चालन रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय