सिवाईसीद्धारा सदस्यहरुका लागि व्यवसायीक तरकारी खेती तालिम सम्पन्न

अमृता अधिकारी,बागलुङ,२१ फाल्गुन २०७८

“बेरोजगारसंग रोजगार,उत्पादनसंग बजार, आर्थिक अभावसंग सिवाइसी लघुवित्त” भन्ने मुल नाराका साथ सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्था लि. द्वारा संचालित लघुवित्त सेवा अन्तर्गत खर्बाङ शाखा कार्यालय बागलुङले आफ्ना सदस्यहरुलाई व्यवसायीक बनाउनका लागि विभिन्न व्यवसायीक सिप विकास तालिमहरु सञ्चालन गर्दै आईरहेको छ ।

सदस्यहरुलाई कर्जासंगसंगै कर्जा लाई सदुपयोग गर्नका लागि संस्थाले सदस्यको माग र बजार अनुसारका तालिमहरु सञ्चालन गर्दै आईरहेको छ ।
यसै सन्दर्भमा शनिबार खर्बाङ शाखा कार्यालय बागलुङको आयोजनामा गलकोट नगरपालिका वडा नं. ११ ठूलोरिघामा १ दिने व्यवसायीक तरकारी खेती तालिम सम्पन्न गरेको छ ।

गलकोट नगरपालिका वडा नं. ११ ठुलोरिघा स्थित सामुदायिक महिला भवनको प्रङगणमा तालिम सम्पन्न भएको छ ।उक्त कार्यक्रम मा श्री तृप्ती श्रीस र भविमाया घर्तीले मन्तव्य व्यक्त गर्नु भएको थियो ।

उक्त कार्यक्रम मा बोल्ने सम्पूर्ण दिदी बहिनीहरु ले सिवाइसी नेपाल हामी सबैको हर सुख दुःख मा साथ र सहयोग गर्दै आफ्नो समस्या आफै समाधान गरि आत्म निर्भर बनाउनु निकै प्रशंसनिय रहेको बताउनु भएको थियो ।

सिवाइसी नेपाल ले लघुवित्त सेवाको माध्यमबाट घरकै चुलो चौका सिमित हामी जस्तै दिदि बहिनीहरुलाई आत्मा निर्भर बनाएको ले सिवाइसी नै हाम्रो लागि पहिलो रोजाइ बनेको ले लघुवित्त कार्यक्रम लाई अझै व्यबस्थित बनाउदै आर्थिक अनुशासन पालना गर्न सवै लाई आग्रह गर्नु भएको थियो।

उक्त कार्यक्रम मा केन्द्र नम्बर ८, २१,२२,२५ र ३९ बाट ४५ जनाको सक्रिय सहभागिता रहेको तालिमको सहजीकरण कृर्षि प्राबिधिक श्री मुकुन्द प्रसाद वली ले गर्नुभएको थियो ।

कार्यक्रममा उत्कृष्ट बचत कर्ताको रुपमा श्री जमुना श्रीस र तालिम मा उत्कृष्ट सकृय सहभागीको रुपमा श्री तृप्ती श्रीस लगायत लाई सम्मान गरिएको थियो।

उक्त कार्यक्रम को अध्यक्षता वडा स्तरीय सञ्जाल का निर्देशक श्री जमुना रानाले गर्नु भएको थियो साथै स्वागत मन्तव्य कर्मचारी श्री छन्द कुमार अर्याल ले गर्नु भएको थियो भने सन्चालन शाखा प्रमुख श्री सुबास नेपाली ले गर्नुभएको थियो।े

प्रतिक्रिया

सम्बन्धित खवर