पछिल्लो २४ घण्टामा देशभर ९१ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । ६ हजार २२० जनाको कोरोना परीक्षण गर्दा पीसीआर विधिबाट ६७ तथा एन्टिजेन विधिबाट २४ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
यही अवधिमा थप ३६२ जना निको भएका छन् । नेपालमा हालसम्म कूल सङ्क्रमितमध्ये ९ लाख ५८ हजार ५५५ जना सङ्क्रमणमुक्त भइसकेका छन् । हाल निको हुने दर ९८.१ प्रतिशत पुगेको छ । योसँगै देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या ६ हजार ९४७ पुगेको छ ।
पछिल्लो २४ घण्टामा कसैले पनि ज्यान गुमाएनन् । नेपालमा कोभिड–१९ को सङ्क्रमणबाट ११ हजार ९४५ जनाको मृत्यु भइसकेको छ । नेपालमा कोरोनाको मृत्यु दर १.२ प्रतिशत रहेको छ ।
यही अवधिमा थप २ लाख ८६१ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् । देशभर खोप अभियान सुरु भए यता ३ करोड ७६ लाख ८२ हजार ८९० मात्रा खोप लगाइसकिएको छ । यो पनि पढ्नुहोस् – दाङ । प्यूठानमा मोटरसाइकलको ठक्करबाट घाइते भएका एक जना पैदल यात्रीको मृत्यु भएको छ।
प्यूठान नगरपालिका- ७ पूण्यखोलाका ५५ बर्षका रणबहादुर घर्तीको उपचारका लागि बुटवल लैजाने क्रममा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय प्यूठानका प्रवक्ता देबीप्रसाद गैरेले जानकारी दिए ।शुक्रबार प्यूठानको विजुवारबाट बाग्दुला जादै गरेको लु ५७ प ३३४६ नम्बरको मोटरसाइलको ठक्करबाट घर्ती गम्भीर घाइते भएका थिए ।
प्रहरी निरीक्षक गैरेका अनुसार ठक्कर दिने मोटरसाइकललाई नियन्त्रणमा लिइएको छ । घटनापछि मृतकका आफन्तले स्वर्गद्वारी क्याम्पस अगाडि चक्काजाम समेत गरेका थिए ।


