मुसिकोटमा थप ३ जनामा कोरोना संक्रमण पुष्टि !

भुवन काफ्ले मुसिकोट गुल्मी । गुल्मीको मुसिकोट नगरपालिकामा आज थप ३  जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

आज मुसिकोट नगरपालि वडा नम्बर १-९ मा रहेका बिभिन्न स्वास्थ्यचौकीहरुमा गरिएको ६ जनाको एन्टिजेन परिक्षणबाट ३ जनामा  कोरोना संक्रमण देखिएको मुसिकोट नगरपालिका स्वास्थ्य शाखाले जानकारी दिएको छ ।

आज कोरोना संक्रमित हुने मध्यमा  मुसिकोट नगरपालिका वडा नम्बर २ कि १ जना महिला, मुसिकोट नगरपालिका वडा नम्बर ३ का १ जना परुष, वडा नम्बर ४  का १ जना पुरुष रहेका  छन्  ।

आज थप ३ जना कोरोना संक्रमित थपिएसंगै मुसिकोट नगरपालिकामा  कोरोनाको तेस्रो लहरबाट संक्रमित भएका कुल सक्रिय संक्रमितको संख्या १०२ पुगेको छ ।

अहिले संक्रमित सबैको अबस्था सामान्य रहेकोले होम आइसोलेसनमा पठाइएको मुसिकोट नगरपालिका स्वास्थ्य शाखा संयोजक डिबी जिसीले जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय