नेपाल उद्योग बाणिज्य महासंघको केन्द्रिय सदस्यमा कांग्रेस नेता कार्की  बिजयि

नेपाली कांग्रेस सोलुखुम्बुका नेता एबम ब्यबसायी प्रकाश सिंह कार्की नेपाल उद्योग बाणिज्य महासंघको कार्यकारिणी सदस्यमा ५७ मत ल्याएर निर्बाचित भएका छन । काठमाण्डौमा सम्पन्न महासंघको ५४औँ अधिवेशनबाट कार्की विजयी भएका हुन ।

कार्किले महासंघको अघिल्लो निर्वाचनबाट पनि कार्यकारिणी सदस्यमा निर्वाचित भएर महासंघले दिएका जिम्मेवारी सफलतापूर्वक निर्बाह गरिसकेका छन भने महासंघको कार्यकारिणी सदस्यको रुपमा रहदा कार्किले महासंघ अन्तर्गतको ब्यापार प्रबर्धन समितिको सभापती र महासंघ अन्तर्गतकै पारबहन समितिको उपसभापतिको जिम्मेवारी कुशलतापूर्वक निर्बाह गरिसकेका छन । तेस्तै कार्की हाल बाणिज्य मन्त्रालय अन्तर्गतको नेपाल इन्टरमोडेल यातायात बिकाश समितिको सञ्चालक समितिको सदस्य समेत रहेका छन ।

यसपटक पनि निर्बाचित भएसगै कार्किलाई नेपाल उद्योग बाणिज्य महासंघको आगामी महाधिबेशनमा पदाधिकारिमा निर्बाचन लड्ने बाटो खुलेको छ ।महासंघकोबिधानमा पदाधिकारिमा चुनाब लड्न दुइ कार्यकाल सदस्य बनिसकेको हुनुपर्ने ब्यबस्था रहेको छ ।

आगामी दिनमा आयात निर्यातको पारबहन लागत घटाउने र देशको आयात निर्यातलाई सहज बनाउन आफुले भूमिका खेल्ने र ब्यबसायिका समस्या समाधान गर्न आफु लागिपर्ने कार्किले बताए ।उनले आफुलाई निर्बाचित गराउने सबै मतदाता,सहयोगि, शुभचिन्तक र महासंघको ५४औँ अधिवेशन सफल पार्न सहयोग गर्ने सबैलाई धन्यबाद दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय