भुवन काफ्ले मुसिकोट । गुल्मीको मुसिकोट नगरपालिका वडा नम्बर ५ ईन्द्रेघोडामा रहेको श्री राष्ट्रिय माध्यमिक बिद्यालयमा नेपाल बिद्यार्थी संघको ईकाई कार्यसमिति गठन भएको छ ।
शुक्रबार नेपाल बिद्यार्थी संघ गुल्मी क्षत्र २ का क्षत्रिय सभापति अर्जुन पोखरेलको अध्यक्षतामा सम्पन्न एक औपचारिक कार्यक्रमले श्री राष्ट्रिय माध्यमिक बिद्यालयमा बिद्यार्थी नेता कुसल भट्टराइको संयोजकत्वमा ५९ सदस्य नयाँ ईकाई कार्यसमिति गठन गरेको हो ।
जसको उप-सभापतिमा सन्देश अधिकारि, राधिका भट्टराई र अस्मिता राना, सचिबमा निकिता खराल रनिराजन खराल, सह- सचहिबमा करिस्मा राकस्कोटि र सुस्मिता थापा, कोषाध्यक्षमा निषा खरेल निर्बाचित भएका छन् ।
उक्त कार्यक्रमामा नेपाल बिद्यार्थी संघ गुल्मी क्षत्र २ का क्षत्रिय सभापति अर्जुन पोखरेलले बिद्यार्थी जिवनमा राजनितिले पार्ने प्रभाव र ने.बि.संघले हाल सम्मा गरेका बिभिन्ना काम र ने.बि.संघ गठन गर्नुको मुख्य उदेस्य लगायतका बिषयमा बिद्यार्थीहरुलाई प्रकास पार्नु भएको थियो ।
त्यसै गरि नेपाल बिद्यार्थी संघ रुद्राबति बहुमुखी क्याम्पस ईकाई सभापति भुवन काफ्लेले संघको ईतिहास, ने.बि.संघले मुसिकोटमा अहिले सम्म गरेका काम र झण्डाको बिषयमा बोलेका थिए ।
बिद्यालयमा बिद्यार्थीहरुले बेहोर्दै आएका बिभिन्न समस्याका बिषयहरुमा छलफल गर्दै सुरु भएको उक्त कार्यक्रमको सञ्चालन नेपाल बिद्यार्थी संघ गुल्मी क्षत्र २ का क्षत्रिय सदस्य तथा नेपाली काँग्रेस मुसिकोट ७ का वडा सचिब बिबेक काफ्लेले गरेका थिए ।


