महोत्तरीकी २२ वर्षीया युवतीको कोभिड–१९ को संक्रमणबाट मृत्यु

महोत्तरीकी २२ वर्षीया युवतीको कोभिड–१९ को संक्रमणबाट मृत्यु भएको छ । बर्दिबास–२ निवासी ती युवतीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा मृत्यु भएको हो ।

सुत्केरी भएपछि उच्च रक्तचाप र पिसाबमा उच्च प्रोटिन देखिएपछि उनलाई जनकपुरस्थित जनकपुर सिटी अस्पतालले प्रतिष्ठानमा रिफर गरेको थियो ।

गत मंसिर २ गते उनलाई कोरोनाभाइरसको संक्रमण पुष्टि भएपछि सो दिन प्रतिष्ठानको कोभिड अस्पताल भर्ना गरिएको थियो ।

उनको आज बिहान २ः५० बजे मृत्यु भएको अस्पतालले जनाएको छ । शवको व्यवस्थापन नियमअनुसार भइरहेको अस्पतालको भनाइ छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय