उदय माध्यमिक विद्यालय शान्तिपुरमा तोडफोड, १ लाख बराबरको फर्निचरमा क्षती

सुनिल क्षेत्री ,गुल्मी। उदय माध्यमिक विद्यालय चन्द्रकोट गाउँपालिका वडा नम्बर–४ शान्तिपुरमा अज्ञात व्यक्तीद्वारा तोडफोड भएको छ । बुधबार अज्ञात व्यक्ती राति १ बजेर ८ मिनेटमा विद्यालयको दोश्रो तलमा रहेको प्रशासनिक कक्ष तथा प्रध्यानाध्यापकको कक्षमा प्रवेश गरि त्यहाँ रहेका दराज तोडफोड गरेको पाइएको विद्यालयका प्रधानाध्यापक कृष्णकुमार गैरेले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो,–‘विद्यालयमा जडिट सिसिभिटी क्यामेरामा बुधबार राति १ बजेर ८ मिनेट जाँदा एक जना पिपिइ जस्तो खैरो पोशाक धारण गरि झोला बोकेको करिब ५ फुट अग्लो हातमा पन्जा लगाएको एक अज्ञात व्यक्ति विद्यालय प्रवेश गरि विद्यालयमा रहेका दराज, लगायतका फर्निचर तोडफोड गरेको देखिन्छ ।’ दराज भित्र रहेका कागजपत्र सुरक्षित भएपनि आर्थिक रुपैयाँ केन्द्रीत गरि तोडफोड गरेको हुन सक्ने देखिएको गैरेले बताउनुभयो ।

तोडफोडबाट विद्यालयमा रहेका करिब १ लाख बराबरको फर्निचरमा क्षेति भएको गैरेले जानकारी दिनुभएको छ । यस विषयमा थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय चन्द्रकोटका प्रहरी नायब निरिक्षक मनबहादुर आलेले जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय