उन्नत जातको मकै बीउ उत्पादनको लागि अन्तरक्रिया कार्यक्रम ।


कृष्ण भट्टराई गुल्मी ।

फासाना किसान कृषि सहकारी संस्था लि.बडागांउ र कृषि ज्ञान केन्द्र गुल्मिको लागत साझेदारीमा उन्नत मकै बीउ उत्पादन सम्बन्धि अन्तरक्रिया कार्यक्रम मुसिकोट नगरपालिका ४ दजाकोट गुल्मिमा सम्पन्न भएको छ।

साना किसान कृषि सहकारी संस्था लि.बडागांउका अध्यक्ष हरि प्रसाद छन्तेलको अध्यक्षतामा सम्पन्न अन्तरक्रिया कार्यक्रममा वडा नं ४ का वडाध्यक्ष ओम बहादुर के.सि.,संस्थाका संचालक समिती सदस्यहरु गुप्त बहादुर कार्की र चुरा बहादुर पछाइ

,नगरपालिका कृषि शाखा कृषि प्राविधिक टोप बहादुर ओलि,पशु बिमा समिती तथा पशुपती निम्न माध्यमिक बिद्यालयका प्रधानाध्यापक दुर्गा बहादुर राकसकोटी लगाएत संस्थाका झन्डै ६० जना सेयर सदस्यहरुको उपस्थिती रहेको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय