भुवन काफ्ले, गुल्मी । गुल्मीको मुसिकोट नगरपालिका अन्तरगत वामी भुवाचिदि सडक खण्डको कालोपत्रेको गर्ने निहुँमा क्रसर उधोग संचालन गरि उत्पादित माल भने अनयत्र बेचेको मुसिकोट बासिहरुले निर्माण ब्यबसायिलाई आरोप लगाएका छन् ।
विगत लामो समयदेखि रिडि रुद्रवेणि सडक खण्ड अन्तरगत पर्ने वामी भुवाचिदि खण्ड कालोपत्रे गर्नका लागि आबस्यक पर्ने गिटि बालुवा उत्पादनका लागि निर्माण व्यवसायिले मुसिकोट नगरपालिका सङ्ग समन्वय गरि मु.न.पा ७ झेदिमा क्रसर उधोग संचालन गरेको थियो ।
लामो समयसम्म बाटो कालोपत्रेको नाममा क्रसर उधोग संचालन गरि माल बाटोमा पर्योग नगरि अनेत्र बाहिरि कामका लागि प्रयोग गर्दे आएको तर यस बिषयमा नगरपालिकाले कुनै पनि कदम नचालि हेरेर बसेको संघर्ष समिति र स्थानियहरुले आरोप लगाए ।
आईतबारदेखि वामीमा सुरु भएको संघर्षका कार्यक्रमहरु सहित संघर्ष समिति र स्थानियहरु आज नगरपालिकासम्म पुगेर छलफल गरेका हुन् । आज नगरपालिकामा भएको उक्त भेलामा मुसिकोटका नगर प्रमुख सोमनाथ सापकोटा, मु.न.पा ७ का वडा अध्यक्ष प्रकास काफ्ले, संघर्ष समितिका पदादिकारि र स्थानियहरु बिच बृहत छलफल भएको संघर्ष समितिका अध्यक्ष फुलप्रसाद सापकोटाले जानकारी दिनुभयो ।
उक्त भेलमा बोल्दै नगर प्रमुख सापकोटाले सडक निर्माण कम सडक डिभिजन पाल्पाको मातहतमा हुने भएकाले सडक कालोपत्रे समयमै नहुनुमा नरपालिका आफै चिन्तित भएको र संघर्षका कार्यक्ममा उहाको पुर्ण समर्थन र अब पनि काम सुरु नगरेमा निर्माणाधिन नगरपालिकाको भवन तथा हस्पिटलको भुक्तानि समेत रोकिने बताउनु भयो ।
यसै गरि क्रसर उधोगबाट माल बाहिर गएको बिषयमा हाल बाटाको काम सुरु नभए सम्म क्रसर बन्द रहेने र काम सुरु भएपछि नगरपालिकाबाटै कर्मचारि खटाएर निग्रानिमा मात्र संचालन गर्ने अनुमति दिने नगर प्रमुख सापकोटाले बताउनु भयो ।


