कहाँको बिश्व कहाँ पुग्दैगर्दा, नाथे ५-७ किमि बाटो पक्किको निम्ति वामीबसि यसरी आन्दोलन उत्रीन  बाध्य

बिपिन बिश्वास रायमाझी ,मुसिकोट गुल्मी ।

कहाँको बिश्व कहाँ पुग्दैगर्दा हामी नाथे ५-७ किमि बाटो पक्किको निम्ति यसरी बाटोमा यो किशिमको आन्दोलन गर्नुपर्दा अत्यन्तै पिडाबोध हुन्छ,मुटु दुख्छ के आधारले ट्रेनका मेट्रोका कुरा गर्दा हुन? छि😓।

तर के गर्नु प्रत्यक्ष रुपमा जनस्वास्थ्य माथी खेलवाड भैरहदा दैनिक जिवनस्तरमा अबरोध र असहजता हुदैगर्दा मौन बस्न चुपो लाग्न सकिएन।

हाम्रो बढिघाट नदिको करोडौंको गिट्टी बालुवाको कारोबार गरेर अरबौको कारोबारमा हिडिरहेको श्रेष्ठ कन्स्ट्रक्सनले निरन्तर गर्दै आएको ढिलाई र कपटी व्यबहारबाट आजित भएका वामिवासिले आजपनी संघर्ष समिती मार्फत बिरोध एवं खबरदारी  कार्यक्रमलाई निरन्तरता दिएका छौ।

दोश्रो दिनमा श्रेष्ठ कन्स्ट्रक्सनले गिट्टी बालुवा ओसार पसार गर्ने क्रेसरको बाटोलाई अवरुद्ध गरि केहिथान गाडिहरुलाई नियन्त्रणमा लिईएको छ।निरन्तर खबरदारी हुदापनी उक्त निर्माण व्यावसायि मौनतामा बसेमा काम नगरेमा अझै शसक्त रुपमा लाग्ने संघर्ष समितिले निर्णय गरेको छ।

Note:

यो खबरदारी र होसियारी उक्त निर्माण व्यावसायि #Harikumarshrestha का साथै।स्थानिय सरकार #Somnathasapkota,खोक्रा नारा बनाउने उदेकलाग्दा जनप्रतिनिधि,मौन प्रतिपक्षी दल #Nepalicongress सङ्गै यो क्षेत्रका तीन ठुला ठुला नेता भनौदा हरु,#Gokarnabista #Pradipgyawali #chandrabhandari

 राष्ट्रिय राजनीतिमा पहुछ भएका सघिय साम्सद #Khadakkc प्रदेश साम्सद सबैलाई हो जोस्ले यतिका समय मौनतामा निर्माण व्यावसायिलाई सहयोग गरिराखे।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय