वामी भुवाचिदि सडक खण्ड कालोपत्रे छिट्टै गर्न माग गर्दै सुरु भएको आन्दोलन आज पनि जारी, क्रसर उधोगबाट माल ढुवनि गर्न रोक

भुवन काफ्ले, गुल्मी । गुल्मीको मुसिकोट नगरपालिका अन्तरगत वामी भुवाचिदि सडक खण्डको कालोपत्रेको काम समयमा नभएको भन्दै संघर्ष समिति र स्थानियहरुले हिज सुरु गरेको आन्दोलनका कार्यक्रम आज पनि जारि रहेका छन् ।

विगत लामो समयदेखि रिडि रुद्रवेणि सडक खण्ड अन्तरगत पर्ने वामी भुवाचिदि खण्ड निर्माण व्यवसायिले समयमै काम नगरेको र गर्छु भन्दै ढिलासुस्ती गरेकोले स्थानिय वासिन्दाहरु धुलो र हिलोले हैरान भएको भन्दै स्थानिय आन्दोलित नै गर्नु परेको स्थानियहरुले जानकारि दिएका छन्  ।

निर्माण ब्यबसायिले तत्काल निर्माणको काम सुरु नगरे कडा आन्दोलनमा उत्रने भन्दै श्रेष्ठ कन्स्ट्रक्सन अन्तरगत सन्चालित टिप्पर, ट्याक्टर, दोजर लगाएका सम्पुर्ण साधन नियन्त्रणमा लिइसकिएको संघर्ष समितिका अध्यक्ष फुलप्रसाद सापकोटाले जानकारी दिनुभयो ।

आइतबार वामी बसपार्कमा भेला भएको स्थानियको निर्णयले फुलप्रसाद सापकोटाको सम्योजकतवमा समिति गठन  भएको संघर्ष समितिले सोमबार पनि आन्दोलनका कार्यक्रमहरु निरन्त्रता दिदै मुसिकोट ७ झेदिमा रहेको क्रसर उधोगबाट माल ढुवानि गर्न समेत रोक लगाएको छ ।

समितिले बाटो पिच तुरुन्तै गर,जनस्वास्थ्य माथि खेलवाड बन्द गर,सरकारी निकाय होसियार, काम नगर्ने निर्माण व्यवसायि होसियार लगायतका नारा लगाउदै बसपार्कबाट स्थानिय सङ्गै संघर्ष समिति सहित वामी बस पार्कबाट नारा लागाउदै वामी पल्टर हुदै मुसिकोट नगरपालिकाको कार्यालयसम्म पुगेको र ध्यानाकर्षण गराएको समितिले जनाएको छ ।

बाटो कालोपत्रेको काम सुरु नभएसम्म आन्दोलन जारी रहने र श्रेष्ठ कन्स्ट्रक्सन अन्तरगत सन्चालित सम्पुर्ण साधनहरु चल्न रोक लगाईएको छ ।

यसै गरि भोलि मंगलबार बिहान १० बजेदेखि पुनः आन्दोलनका कार्यक्रमहरु सुरु  हुने भएका स्तानिय सबैलाई सहभागिका लागि अनुरोध समेत गरिएको संघर्ष समितिले बताएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय