मुसिकोटमा मन्दिर भवन पुननिर्माण समितिद्धारा अतिथी सम्मान कार्यक्रम सम्पन्न
  • विष्णु प्रसाद आचार्य (चकित) मुसिकोट गुल्मी

    मुसिकोट नगरपालिका वडा नं ९ अर्लाङ्गकोटको डाँसिकोटस्थित खड्गभूमी कालिका मन्दिर भवन पुननिर्माण समितिको आयोजनामा अतिथी सम्मान तथा चियापान कार्यक्रम शनिबार सम्पन्न भएको छ ।

    डासिकोटमा जन्मेर हाल विदेशी मुलुकमा कार्यरत स्थानीय समाजसेवीहरुको सम्मानार्थ उक्त कार्यक्रमको आयोजना गरिएको खड्गभूमी कालिका मन्दिर भवन पुननिर्माण समितिका सम्योजक रामकृष्ण कँडेलले बताउनुभयो ।

    कार्यक्रममा प्रमुख अतिथीको रुपमा बोल्दै एन आर एन जापानका सचिव टीकाराम खरेलले आफुले सुम्सुम्याएका मीठा बालापनका यादहरु ताजै रहेको र आफु विदेशमा रहेपनि मन मष्तिष्क जन्मभूमीमै रहेकोले यहाँका सबै क्रियाकलापमा आफनो सहभागिता रहने बताउँदै मन्दिरको अस्तित्व रक्षाका लागि आफु जस्तोसुकै कदम चाल्नपनि तयार रहेको बताउनुभयो ।

    त्यस्तै विशिष्ट अतिथीको रुपमा बोल्दै अर्लाङ्गकोट सेवा समिती जापानका सचिव यूवराज खरेल ( सागर)ले आफु त्यहीको माटोको उत्पादन भएकोले सोही माटोमा बनेका संरचनाको सँरक्षण गर्नु आफ्नो कर्तव्य भएकोले हरेक कुरामा आफ्नो सक्रिय सहभागिता रहने उद्घोष गर्नुभयो ।

    कार्यक्रममा बुटबल निवासी रामु चालिसे, मन्दिर भवन पुननिर्माण समितिका उपााध्यक्ष हीम बहादुर बिक लगाएतले मन्तव्य व्यक्त गर्नुभएको थियो । समाजसेवी श्री हरी प्रसाद खराल, श्री यदुमणी खरेल, श्री सरस्वती आधारभुत विद्यालयका शिक्षक तथा विद्यार्थी,स्थानीयहरुको सक्रिय सहभागिता रहेको थियो । झण्डै २००को सँख्यामा उपस्थित भेलाको लागि वामी विश्व सम्पर्क मञ्च अन्तराष्ट्रिय समितीका प्रवक्ता हेमनाथ खरालले प्रसाद वितरणको लागि पाँच हजार रुपैयाँ उपलब्ध् गराउनुभएको थियो ।

    मुसिकोट नगरपालिका वडा नं ९ का वडाध्यक्ष नरेशराज खरेलको स्वागत मन्तव्यसँगै सुरु भएको कार्यक्रमको सभापतित्व समितीका अध्यक्ष तारा प्रसाद कँडेलको रहेको थियो भने सञ्चालन आर्थिक समितीका सँयोजक रामकृष्ण कँडेलले गर्नुभएको थियो ।

    प्रतिक्रिया

    सम्बन्धित खवर

    ताजा समाचार

    लोकप्रिय