नवखबर डटकम – गुल्मीको इश्मा गाउपालिका वडा नम्बर ६ मा नेपाल विद्यार्थी सङ्घ श्री अमरपुर ओमअप्रसाद गौतम माबि इकाइ समिति गठन भएको छ ।
नेपाल विद्यार्थी सङ्घ गुल्मीको जहा विद्यालय त्यहा ने वि सङ्घ भन्ने अभियान अनुसार सोमबार भुवन महतको सभापतित्वमा ३५ सदस्यीय अमरपुर ओमप्रसाद मा बि इकाइ समिति गठन गरिएको ने बि सङ्घ इश्माका सभापति केशबराज भण्डारीले जानकारी दिनुभयो ।
जसको उपसभापतिमा निराजन भण्डारी,सिता भण्डारी,सुजन थापा,सचिवमा अस्मिता पराजुली,नारायण भण्डारी,सह सचिवमा समिक्षा महत र कोषाध्यक्षमा प्रदिप गिरि लगायत रहनुभएको छ ।
नेपाली काङ्ग्रेस इश्मा गाउपालिका वडा नम्बर ६ अमरपुरका वडा सभापति ढाल बहादुर कुवरको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा ने वि सङ्घ इश्माका सभापति केशबराज भण्डारीको सभापतित्व रहेको थियो ।
इकाइ समिति गठन कार्यक्रममा ने वि सङ्घ पुर्व क्षेत्रीय सभापति रेशम कुवर र ने वि सङ्घ जिल्ला सदस्य ओमप्रसाद भण्डारी (अमृत)को विषेश आतिथ्यता रहेको नेपाल विद्यार्थी सङ्घका नेता अमृत भण्डारीले जानकारी दिनुभयो ।
त्यस्तै गुल्मीको रेसुङ्गा नगरपालिका १ तम्घासस्थित महेन्द्र माबिमा समिर खनालको सभापतित्वमा ७६ सदस्यीय नेपाल विद्यार्थी सङ्घ महेन्द्र मा बि इकाइ समिति गठन गरिएको ने वि सङ्घ गुल्मी क्षेत्र नम्बर २ का क्षेत्रीय सभापति अर्जुन पोखरेलले जानकारी दिनुभयो ।