गज़ल, मुक्तक
हाँस्दै हिंडे, टन्न खाएं, तिम्ले छोडेपछी ।
लुरे थिएं, झन मोटाएं, तिम्ले छोडेपछी
खुट्टा भए जुत्ताहरु जुर्ने कती कती
तिमीभन्दा राम्री पाएं, तिम्ले छोडेपछी ।
तिम्रो याद भुलाउन सराब किन चाहियो ?
मोज मस्तीमा झन् रमाएं, तिम्ले छोडेपछी ।
तिम्रै कारण कयौं साथी टाढिएका थिए
सबै मित्रजन बनाएं, तिम्ले छोडेपछी ।
सोच्दिहौली, म बिना उ उजाडिन्छ पक्कै
असल सज्जन बन्न लाएं, तिम्ले छोडेपछी ।
