नेकपा एमाले मुसिकोट नगर कमिटिको दोस्रो पूर्ण बैठक वामीटक्सारमा सम्पन्न

रामकृष्ण कंडेल,गुल्मी 

नेपाल कम्युनिष्ट पार्टी एमाले मुसिकोट नगर कमिटिको दोस्रो पूर्ण बैठक रुद्रावती बहुमुखी क्याम्पसमा शुक्रबार सम्पन्न भएको छ।

बैठकले विभिन्न मितिमा सचिवालयले गरेका निर्णयहरुलाई अनुमोदन गरेको छ  शुक्रबारको बैठकले केही नेताहरुलाई नगर कमिटिमा मनोनित,विभागहरु गठन लगायतका निर्णयहरु गरेको पार्टीले जनाएको छ।

शुक्रबारको बैठकमा सचिवालयले भीमलाल घिमिरे,मदन घिमिरे,लक्ष्मण फुल्लेल,यज्ञमूर्ति कंडेल,तुलसी रायमाझी,सुकदेव रिजाल,बालकुमारी राकस्कोटिलाई नगर कमिटीमा मनोनयन गरेको निर्णयलाई अनुमोदन गर्नुका साथै मनोनित हुनु भएका नगर कमिटीका सदस्यहरु,यस भन्दा अगाडी नगर कमिटि सदस्य भई सपथ खान छुटेका नेताहरुलाई आफ्नो पदको सपथ ग्रहण गराईएको थियो।

बैठकमा प्रत्येक वडाबाट वडा कमिटी ईन्चार्ज वा अध्यक्षबाट वडा कमिटी बैठक,प्रत्येक वडामा टोल कमिटीहरु निर्माण लगायतका महत्वपूर्ण विषयमा रिपोर्ट प्रस्तुत गरिएको थियो।

मुसिकोट नगरपालिका भित्रका सवै वडाहरुमा अत्याधिक मतले विजयी गराउनको लागि नगरभित्रका सबै नेता तथा कार्यकर्ताहरु एकताबद्ध ढङगबाट प्रस्तुत हुने महत्वपूर्ण निर्णय बैठकले गरेको नगर कमिटी अध्यक्ष प्रकाश काफ्लेले जानकारी दिनुभएको छ।

बैठकमा नेकपा एमालेका नेता तथा मुसीकोट नगरपालिकाका नगरप्रमुख सोमनाथ सापकोटा,नगर कमिटी ईन्चार्ज जीवन खरेल,प्रदेश कमिटी सदस्य गोपाल गिरी लगायतका नेताहरुले प्रशिक्षणमुलक मन्तव्य राख्नुभएको थियो।

नगर कमिटी अध्यक्ष प्रकाश काफ्लेको अध्यक्षता,नगर कमिटी सचिव गोपीकृष्ण खरेलको सञ्चालन तथा नगर कमिटी उपाध्यक्ष रामबहादुर थापाको स्वागत मन्तब्यमा बैठक सम्पन्न भएको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय