नेपाली कांग्रेस मुसिकोटको चौथो पुर्ण बैठक बिबिध निर्णय गर्दै वामीटक्सारमा सम्पन्न

नेपाली कांग्रेस मुसिकोट नगर कार्य समितिको चौथो पुर्ण बैठक बिबिध निर्णय गर्दै आज वामी टक्सारमा सम्पन्न भएको छ।

बैठकले नेपाली कांग्रेसले नगरमा सन्चालन गरेको दलित जागरण अभियानको समीक्षा गरेको थियो।मुसिकोट नगरपालिका, गुल्मीका अग्रज नेताहरु सहित सम्पन्न भएको बैठकले आसन्न निर्वाचनमा नेपाली कांग्रेसले तय गर्ने रणनितिको बारेमा समीक्षा भएको नगर सभापती मोहन घिमिरेले बताए।

उक्त बैठकमा लुम्बिनी प्रदेस योजना आयोगका सदस्य तथा कांग्रेसका महासमिती सदस्य डा दामोदर भुषालले कार्यकर्तालाई आत्मनिर्भर बन्न सुझाब दिए।

बैठकमा बोल्दै उनले झुट र भ्रमको राजनितिलाई चिरेर कांग्रेसलाई बिजयी बनाउनुको बिकल्प नभएको बताए ।

नेपाली कांग्रेसका नगर सभापती मोहन घिमिरेको सभापतित्वमा सम्पन्न भएको बैठकमा कांग्रेसका लुम्बिनी प्रदेस सदस्य माधव खरेल, बिष्णु कुमारी सापकोटा, कल्पना घिमिरे, महाधिबेसन प्रतिनिधि ज्ञानु सापकोटा, कौरब खत्री, पुर्व जिल्ला सचिव हरी नारायण सापकोटा, नेपाल महिला संघकी सभापती सुमित्रा भन्डारी, जिल्ला कार्य समिती सदस्यहरु झबिलाल भण्डारी,योगेन्द्र प्रसाद श्रेष्ठ,विष्णुराज भण्डारी लगायतका नेता कार्यकर्ताको उपस्थिती रहेको काङ्ग्रेस नेताहरूले बताएका छन।

बैठकमा नेपाल शिक्षक संघ गुल्मीका का.बा अधक्ष्य मृगेन्द्र प्र रिजाल, शिक्षक संघ मुसिकोटका सभापती डिल्लीराज खरेल लगायत नेपाली कांग्रेसका क्षेत्र, प्रदेश क्षेत्र, नगर समिती र वडा कार्यसमितिका प्रमुख तथा प्रतिनिधिको सहभागिता रहेको थियो।

बैठकमा बोल्दै नेपाली कांग्रेस नगर सभापती मोहन घिमिरेले सकारात्मक चिन्तनका साथ पाटीलाई बिजयी बनाउन अनबरत रुपले खट्न पार्टिका नेता कार्यकर्तालाई आग्रह गरे।

उनले मुसिकोटमा कांग्रेस एकताबद्ध भएर चुनावमा होमिएमा कुनै शक्तिले पनि कांग्रेसलाई पराजित गर्न नसक्ने बताए। उक्त बैठकले नेपाल महिला संघ र नेपाल तरुण दलको अधिबेसन यथाशक्य छिटो सम्पन्न गर्ने निर्णय समेत गरेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय