भुवन काफ्ले मुसिकोट गुल्मी । गुल्मीको मुसिकोट नगरपालिकामा आज थप ३ जना शिक्षकमा कोरोना संक्रमण पुष्टि भएको छ ।
आज मुसिकोट नगरपालि वडा नम्बर १-९ मा रहेका बिभिन्न स्वास्थ्यचौकीहरुमा गरिएको ४ जनाको एन्टिजेन परिक्षणबाट मुसिकोट नगरपालिका वडा नम्बर ७ काफलटोलामा रहेको भगवति प्रा.बिका ३ जना शिक्षकमा कोरोना संक्रमण देखिएको मुसिकोट नगरपालिका स्वास्थ्य शाखाले जानकारी दिएको छ ।
आज कोरोना संक्रमित हुने मध्यमा मुसिकोट नगरपालिका वडा नम्बर ७ का १ जना पुरुष र १ जना महिला, मुसिकोट नगरपालिका वडा नम्बर ८ कि १ जना पुरुष रहेका छन् ।
आअ कोरोना संक्रमण पुष्टि भएका ३ जनानै मुसिकोट नगरपालिका वडा न. ७ मा रहेको भगवति प्रा.बिका शिक्षक भएकाले आजदेखिनै बिद्यालय बन्द गरिएको तर बिद्यालय कहिले सम्म बन्द गर्ने भन्ने निर्यण भोलि गरिने प्रा.बिका प्राचार्य तेजनारायन सापकोटाले जानकारि दिनुभयो ।
आज थप ३ जना कोरोना संक्रमित थपिएसंगै मुसिकोट नगरपालिकामा कोरोनाको तेस्रो लहरबाट संक्रमित भएका कुल सक्रिय संक्रमितको संख्या १५१ पुगेको छ ।
अहिले संक्रमित सबैको अबस्था सामान्य रहेकोले होम आइसोलेसनमा पठाइएको मुसिकोट नगरपालिका स्वास्थ्य शाखा संयोजक डिबी जिसीले जानकारी दिनुभयो ।


