नेपाली कांग्रेस मुसिकोट वडा न १ को वडा कार्य समितिको आयोजनामा मुसिकोट- थामडाडामा शोकसभा सम्पन्न भएको छ।
मुसिकोट नगरपालिका वडा न १ कि ९१ बर्षिय बयोबृद्ध मनकला घिमिरेको स्वर्गारोहण भएको दशौ दिनको पुन्य तिथिमा नेपाली कांग्रेसले शोकसभा सम्पन्न गरेको हो। कार्यक्रममा प्रमुख अतिथिको रुपमा बोल्दै नेपाली कांग्रेस मुसिकोट का नगर सभापती मोहन घिमिरेले मानवको जिबनमा जन्म संगै मृत्यु पनि साथमै आउने सत्य भएको बताउदै स्वर्गीय घिमिरेको सेवाभावको चर्चा गर्नु भएको थियो ।
सभापती घिमिरेले नेपाली कांग्रेस आम जनताको दुख, सुखमा साथ दिने जिम्मेवार राजनितिक दल भएको बताउनु भयो। फरक प्रशंङ्गमा उहाँले दुर्गम गाउँहरुमा जबर्जस्ती धर्म परिवर्तन गराउने खेल खेल्न थालिएको भन्दै सनातन धर्मको रक्षार्थ सबै जना एक जुट हुनु आबश्यक रहेको कुरामा जोड दिनु भयो।
नेपाली कांग्रेस वडा कार्य समितिका उपसभापती तेज नारायण पौड्यालको सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा जिल्ला सदस्य भोमा खरेल लगायत नेपाली कांग्रेसका स्थानिय नेता कार्यकर्ताको उपस्थिती रहेको थियो।
कार्यक्रमको संचालन नेपाली कांग्रेस मुसिकोट-१ का सचिव महादेव खरेलले गरेका थिए।


