सामुदायिक रेडियो पुस्पान्जलिले रेडियोका कार्यक्रम प्रस्तोता दिलु के सीका पुजनिय पिता जीत बहादुर खत्रीको दु:खद निधनको सातौ दिनको पुन्य तिथि पारेर श्रद्धाञ्जली सभा सम्पन्न गरेको छ ।
गत माघ १८ गते भएको खत्रीको ७६ वर्षमा भएको दुखद निधनले रेडियो परिवार स्तब्ध भएको भन्दै परिवारमा समवेदना प्रकट गरेको छ ।आज मुसिकोट ३ बडागाउ तोलादी स्थित खत्रीको निवासमा रेडियोको सन्चालक समिति र कर्मचारिको उपस्थितिमा उक्त कार्यक्रम गरेको हो ।
कार्यक्रममा रेडियोका अध्यक्ष दिनेश खती,उपाध्यक्ष विवेक काफ्ले,सचिव सुन्दर प्रधान, सह सचिव कौरव खत्री,सह कोषाध्यक्ष विष्णुप्रसाद आचार्य,कार्यक्रम प्रमुख सुरज कार्की ,कार्यक्रम प्रस्तोता जमुना कार्की लगायतको उपस्थिति रहेको थियो ।
कार्यक्रममा अध्यक्ष दिनेश खातीले शोकपत्र वाचन गरि परिवारलाई हस्तान्तरण गर्नुभएको थियो।
कार्यक्रम प्रस्तोता दिलु केसी जस्ता एक सामाजिक व्याक्तित्व जन्माउने बुवाको सपना पुरा गर्न परिवारलाई रेडियोले रचनात्मक सहयोग गर्ने भन्दै रेडियोले भवनात्मक रुपमा समवेदना प्रकट गरेको थियो ।
दिवङ्गत खत्रीको सम्झनामा एक मिनेट महुन धारण गरि तस्विरमा अविर र पुष्पगुच्छा अर्पण गर्दै श्रद्धाञ्जली अर्पण गरिएको थियो ।
उक्त कार्यक्रमको सन्चालन रेडियोका सह सचिव कौरव खत्रीले गर्नुभएको थियो ।


