हिउँ खेलेर फर्किंदा हराएका ५ जनाको उद्धार

काठमाडौं । चन्द्रागिरि घुम्न गएको बेला हराएका एकै परिवारका पाँच सदस्यलाई प्रहरीले मध्यराति उद्धार गरेको छ ।

हिउँ खेल्न गएर फर्किने क्रममा जंगलको बाटोमा हराएका उनीहरूलाई प्रहरीले मध्यराति फेला पारेर उद्धार गरेको हो ।थानकोट प्रहरीका अनुसार उनीहरूले आफूहरूले बाटो भूलेको भनेर राति साढे आठ बजे घरमा खबर गरेका थिए । घरका अरु सदस्यहरूले प्रहरीमा जानकारी गराएपछि प्रहरी टोली परिचालित भएको थियो ।

साढे सात वर्षीया बालिकासहितका उनीहरूलाई प्रहरीले फेला पारेर घर पुर्‍याएको थियो । उनीहरू सबै सकुशल रहेका थानकोट प्रहरीले जनाएको छ।

यो पनि पढ्नुहोस् -बुटवल । रुपन्देहीको बुटवल उपमहानगरपालिका, १२ स्थित तामनगरमा रोकिराखेको ट्रकमा कार ठोक्किँदा तीन जनाको मृत्यु भएको छ । दुई जना गम्भीर घाइते भएका छन् ।

आज बिहान बुटवल उपमहानगरपालिका वडा नम्बर १२ स्थित तामनगर नजिक कोरियन कलेज अगाडी दुर्घटना भएको इलाका प्रहरी कार्यालय रन्यौराका प्रहरी निरीक्षक जीवन लामिछानेले जानकारी दिए।

रोकिरहेको ना २ ख ९७७२ नम्बरको ट्रकसँग लु ३ च ४४४२ नम्बरको कार ठोक्किएको प्रहरीको भनाइ छ। दुर्घटनामा परि गम्भीर घाइते २ जनाको बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

मृत्यु र घाइते सबैको सनाखत तथा पहिचान हुन बाँकी छ। ट्रक चालक फरार रहेका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय