गायिका लता मंगेशकरको निधन

काठमाडौं । भारतकी प्रसिद्ध गायिका लता मंगेशकरको निधन भएको छ । मुम्बईको ब्रीच क्याण्डी अस्पतालमा आज बिहान उनको निधन भएको हो ।

उनको जन्म २८ सेप्टेम्बर १९२८ मा भएको थियो । उनले थुप्रै नेपाली गीतहरु पनि गाएकी छन् ।भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले लताको निधनले भारतलाई अपूरणीय क्षति पुगेको भन्दै शोक व्यक्त गरेका छन् ।

यो पनि पढ्नुहोस् – चितवन । स्याङ्जा, पाल्पा र गुल्मीलाई जोड्ने देशकै पहिलो तीनमुखे झोलुङ्गे पुलको निर्माण अन्तिम चरणमा पुगेको छ ।

कालिगण्डकी नदीमा बनाइएको यो पुलले स्याङ्जाको कालीगण्डकी-१ कारिकोट चन्डीभञ्ज्याङ, पाल्पाको तानसेन नगरपालिका-१४ अर्गली र गुल्मीको रुरु गाउँपालिका-१ रिडीलाई जोड्ने गर्दछ ।

२०७१ साल असार १० गते नयाँ बाटो-रुबिना-मना-जेबीले ललितपुरको पुल्चोकस्थित स्थानीय पूर्वाधार विभाग अन्तर्गतको झोलुंगे पुल शाखासँग निर्माण सम्झौता गरेका थिए । सम्झौतामा ९ करोड ८८ लाख २६ हजार रुपैयाँमा तीन वर्षभित्र निर्माण सम्पन्न गर्ने उल्लेख थियो ।

झोलुंगे पुल शाखाका योजना प्रमुख भरत अर्यालका अनुसार सात वर्षपछि बल्ल पुल निर्माण सम्पन्न हुँदै छ । यसबीचमा तेस्रो पटक म्याद थप गरिएको थियो । अहिले ९० प्रतिशत काम सकिएको र आगामी चैतभित्र निर्माण सम्पन्न हुने अनुमान गरिएको अर्यालको भनाइ छ ।

स्याङ्जा, पाल्पा र गुल्मी तीन जिल्लाको मध्यभागमा पर्ने गरी १७७ मिटर अग्लो मुख्य पिलर निर्माण गरिएको छ । तीन जिल्लाबाट लठ्ठा तानेर मुख्य पिलरमा जोडिएको छ । अब पुलमा सौर्यबत्ती जडान, रंगरोगन र पुलमा उक्लिने भर्‍याङ बनाउन बाँकी छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय