बेहुली लिएर फर्कंदै गरेको जिप दुर्घटना:८ जनाकाे मृत्यु

प्यूठान — प्यूठानमा जिप दुर्घटना हुँदा ८ जनाकाे मृत्यु भएकाे छ। 

नाैबहिनी गाउँपालिकाकाे लुङबाट बेहुली लिएर गाैमुखी गाउँपालिकाकाे लिवाङ जाँदै गरेकाे जिप ओखरपाटामा दुर्घटनामा हुँदा ८ जनाकाे घटनास्थलमै मृत्यु भएकाे जिल्ला प्रहरी कार्यालय प्यूठानले जानकारी दिएकाे छ ।

ग १ ज ५०९२ नम्बर को जिप दुर्घटनामा परेकाे हाे । दुर्घटनामा अन्य ५ जना गम्भीर घाइते भएका छन् ।

 उनीहरूलाई उपचारका लागि जिल्ला अस्पताल बिजुवार ल्याइएको जिल्ला प्रहरी कार्यालय प्यूठानका प्रमुख सत्यनारायण थापाले बताए ।

 जिप सडक देखि ३०० मिटर तल खोल्सामा खसेको थियाे । दुर्घटनाको थप विवरण आउन बाँकी छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय