अनिष पन्थी ,गुल्मी नेपाली कांग्रेस रेसुङ्गा नगरपालिका वार्ड कार्य समिति रेसुङ्गा नगरपालिका वार्ड न .९ ले विभिन्न भातृ संगठनको बिस्तार गरेको छ् ।
जसमा टोल समिती गठन,तरुण दल,महिला संघ ,किसान संघ ,जेष्ठ नागरिक संघको बिस्तार गरिएको छ।
बिस्णु पन्थीको संयोजकतमा १७ सदस्य जेष्ठ नागरिक संघ गठन गरिएको छ ।राजेन्द्र पन्थीको सभापतित्वमा ५१ सदस्य तरुण दल गठन गरिएको छ।यस्तै सरसती मरासिनीको सभापतित्वमा ५१ सदस्य महिला संघको गठन गरिएको छ। बरुण मरासिनीको सभापतित्वमा २१ सदस्य किसान संघ गठन गरिएको छ ।भोजेन्द्र बिक्रम कार्किको सभापतित्वमा १७ सदस्य भुपु सैनिक संघ गठन भएको छ।
यस्तै खेमराज आचार्यको सभापतित्वमा ,प्रकाश थापाको सभापतित्वमा र नाम बहादुर सुनारको सभापतित्वमा १५ सदस्य टोल समिती गठन गरिएको छ ।
सबैले आफ्नो जिम्मेवारी पूरा गरि अगाडि बढन नेपाली कांग्रेस गुल्मीका सह-सचीव एवं कार्यक्रमका प्रमुख अतिथि छवि पाण्डेले बताए।
आगामी निर्वाचनमा भारी मतका साथ रेसुङ्गा नगरपालिका वार्ड न ९ र सिङ्गो नगरपालिकामा कांग्रेस जित्ने गरि लाग्ने पाण्डेले बताए ।
कार्यक्रममा रेसुङ्गा नगरपालिकाका सभापति जयश्वर पन्थी , गुल्मी क्षेत्र न १ प्रदेश ‘ख ‘सचीव कृष्ण पाण्डे ,महाधिवेशन प्रतिनिधी अमृता कुवर लगायतको उपस्थिति रहेको थियो ।
वार्ड कार्य समितिका उपसभापती अनुराम पाण्डेको स्वागत मन्त्वय रहेको कार्यक्रममा वार्ड सभापति गणेश खत्रीको सभापतित्व रहेको थियो भने कार्यक्रमको सञ्चालन वार्ड सचीव रुकमागत आचार्यले गरेका थिए ।


