काठमाण्डौ । माघ महिनामा ३ कम्पनीहरूको प्राथमिक शेयर निष्कासन हुने भएको छ ।
शुक्रवार जाल्पा सामुदायिक लघुवित्तको शेयर निष्कासन हुँदै छ भने माघ २६ गते इनर्जी नेपालले पनि आईपीओ निष्कासन गर्दै छ । यसै बिच आउँदो माघ ७ गतेदेखि बलेफी हाइड्रोपावर कम्पनीले पनि आईपीओ निष्कासन गर्ने भएको छ ।

कम्पनीले आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरूका लागि आईपीओ निष्कासन गर्न लागेको हो । कम्पनीले प्रतिसेयर १०० अंकित मूल्यका १८ लाख २७ हजार ९७० कित्ता आईपीओ निष्कासन गर्न लागेको हो ।
जसमध्ये १० लाख ९६ हजार ७८२ कित्ता आयोजना प्रभावित क्षेत्र सिन्धुपाल्चोक जिल्लाको जुगर गाउँपालिका वडा नं २, ३, ४ का बासिन्दाहरूका लागि र बाँकी ७ लाख ३१ हजार १८८ कित्ता जुगल गाउँपालिका वडा नं ५ र ७, बलेफी गाउँपालिकाको वडा नं १, ३, ६ तथा ७ र सुनकोशी गाउँपालिकाको वडा नं ७ का बासिन्दाहरूका लागि छुट्याइएको छ ।
उक्त आइपीओमा छिटोमा फागुन १२ गतेसम्म र उक्त समयमा पूर्ण आवेदन नपरेमा फागुन २७ गतेसम्म आवेदन दिन सकिनेछ । उक्त आईपीओमा न्यूनतम १० कित्ता र अधिकतम १ लाख कित्तासम्मका लागि आवेदन दिन सकिने कम्पनीले जनाएको छ।
कम्पनीको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ ।