गोविन्द कंडेल,मुसिकोट गुल्मी । मुसिकोट नगरपालिका वडा नं ४ मा व्यवसायिक कृषकहरुका लागि मौरीपालन सम्बन्धि ३ दिने तालिम शनिवार सम्पन्न भएको छ ।
मुसिकोट नगरपालिका गुल्मीले आ.व.२०७८/०७९ को वार्षिक स्वीकृत कार्यक्रम अनुसार तालिमको आयोजना गरेको हो । तालिमबाट मौरी पालन कृषिकहरुलाई मह उत्पादनमा बृद्धि गराई आत्मनिर्भर बनाउने उद्देश्य राखिएको छ । मौरी पालक कृषकहरुलाई मौरी सम्बन्धि सैध्दान्तिक र प्रयोगात्मक दुबै ज्ञान तालिम मार्फत दिन लागेको नगरपालिकाले जनाएको छ ।
तालिमको समापन सत्रमा वोल्दै मुसिकोट नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत खिमानन्द भुसालले कृषिको व्यवसायिकरण विना देशको विकास सम्भव नभएको बताउनुभयो । मौरीपालनलाई व्यवसायिक वनाउँदै मुसिकोटलाइ महमा आत्मनिर्भर वनाउनमा यो तालिम सहयोगी वन्ने विश्वास धारणा उहाँले राख्नुभयो ।
समापन सत्रमा वडा नं. ४ का वडा अध्यक्ष ओम वहादुरव के.सी.ले परापूर्वकाल देखिनै महको प्रयोग र महत्व समाजमा भएपनि व्यवसायिक ढंगले उत्पादन र वितरण हुन नसक्दा यो क्षेत्र पछाडी परेको वताउनु भयो ।
तालिमको समापन समारोह वडा अध्यक्ष ओम वहादुर के.सी.को अध्यक्षता र प्रमुख प्रशासकीय अधिकृत खिमानन्द भुसालको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो ।


