मंसिर १२, कोरोना अपडेट

२४ घण्टामा थपिए यति संक्रमित, कतिले जिते कोरोना ?
काठमाडौं- नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ७ सय ३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। योसँगै कुल संक्रमित संख्या २ लाख २९ हजार ३ सय ४३ पुगेको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा १ हजार २ सय ३६ जना कोरोना संक्रमित निको भएका छन्। योसँगै निको हुनेको संख्या २ लाख ९ हजार ४ सय ३५ पुगेको छ।

यो पनि पढ्नुहोस

बुटवल । रुपन्देहीका थप एकजना कोरोना संक्रमितको मृत्यु भएको छ । बुटवल उपमहानगरपालिका–११ की ६० वर्षीया महिलाको भिम अस्पताल भैरहवामा मत्यु भएको हो ।

अस्पतालका सूचना अधिकारी डा. नारायण पोख्रेलका अनुसार उनी बिहीबार राति १२ बजे अस्पताल भर्ना भएकी थिइन् । उपचारको क्रममा बिहीबार राति १२ः४० बजे उनको मृत्यु भएको पोख्रेलले बताए । डा. पोखरेलका अनुसार उनको कोरोना परीक्षण रिपोर्ट बिहीबार नै पोजेटिभ आएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय