यस्तो रहने छ आज दिनभर देशका बिभिन्न ठाउँको मौसम

काठमाडौं । देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ ।

दिउँसो प्रदेश १, मधेस, बागमती र गण्डकीमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा मौसम आंशिक बदली रहने मौसम पूर्वानुमान महाशाखाले आँकलन गरेको छ । उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना छ ।

राति सुदूरपश्चिम र कर्णालीका पहाडी भूभागका केही स्थानमा हल्का वर्षाको सम्भावना छ। ती प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका धेरै स्थानमा र गण्डकी, बागमती र प्रदेश १ का उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना छ ।

बिहीबार पहाडी भूभाग तथा तराईका धेरै स्थानमा मेघ गर्जन(चटयाङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना देखिन्छ ।

सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका धेरै स्थान तथा बागमती र प्रदेश १ को उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय