जिल्ला प्रशासन गुल्मीमा आलोपालो प्रणालीबाट आंशिक सेवा सुचारु हुने

सन्तोष महतारा-गुल्मी / जिल्ला प्रशासन कार्यालय गुल्मीमा आलोपालो प्रणालीबाट सेवा सुचारु हुने भएको छ ।

कर्मचारीहरुमा कोरोना भाइरसको संक्रमण पुष्टि भएपछि सेवा बन्द भएको जिल्ला प्रशासन कार्यालय गुल्मीमा बुधबार देखि केही मात्रा र आइतबार देखि आशिंक मात्रामा केही सेवा सुचारु हुने जिल्ला प्रशासन कार्यालय गुल्मीले जनाएको छ ।

बुधबार देखि जिल्ला प्रशासन कार्यालय गुल्मीबाट राहदानी बितरण, दलित, आदिवासी जनजाति र पेन्सन सम्बन्धिका कागजात प्रमाणित गर्ने सेवा सुचारु हुने सहायक प्रमुख जिल्ला अधिकारी हरि प्रसाद गैरेले जानकारी दिए ।

साथै आउँदो आइतबार देखि जिल्ला प्रशासन कार्यालय गुल्मीमा आलोपालो प्रणालीद्धारा आशिंक रुपमा केही मात्रा सेवा सुचारु हुने सहायक प्रमुख जिल्ला अधिकारी गैरेले बताए ।

उनका अनुसार जिल्ला प्रशासन कार्यालय गुल्मीले आइतबार र सोमबार रुरुक्षेत्र गाउँपालिका, सत्यवती गाउँपालिका, कालीगण्डकी गाउँपालिका र चन्द्रकोट गाउँपालिकाका सेवाग्राहीलाई सेवा दिने दिन तोकिएको छ ।

त्यस्तै मंगलबार र बुधबार मुसिकोट नगरपालिका, मालिका गाउँपालिका, मदाने गाउँपालिका र इस्मा गाउँपालिकाका सेवाग्राही सेवा दिइने छ । साथै बिहिबार र शुक्रबार रेसुङ्गा नगरपालिका, गुल्मीदरवार गाउँपालिका, धुर्कोट गाउँपालिका र छत्रकोट गाउँपालिकाका सेवाग्राहीलाई सेवा दिने सहायक प्रमुख जिल्ला अधिकारी गैरेले जानकारी दिएका छन् ।

तर, जिल्ला प्रशासन कार्यालय गुल्मीबाट राष्ट्रिय परिचयपत्र र राहदानीको विवरण दर्ता भने अर्को सुचना जारी नहुन्जेलसम्म नगरिने जिल्ला प्रशासन कार्यालय गुल्मीले जानकारी गराएको छ ।

मतदाता नामवलीको विवरण संकलनका लागि निर्वाचन आयोगको कार्यालयमा सम्पर्क राख्न पनि जिल्ला प्रशासन कार्यालय गुल्मीले अनुरोध गरेको छ । – सुसम न्युजबाट

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय