मुसिकोटमा १३ जनाको एन्टिजेन परिक्षण गर्दा, १० जनामा कोरोना संक्रमण पुष्टि

भुवन काफ्ले मुसिकोट गुल्मी । गुल्मीको मुसिकोट नगरपालिकामा आज थप १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

आज मुसिकोट नगरपालि वडा नम्बर १-९ मा रहेका बिभिन्न स्वास्थ्यचौकीहरुमा गरिएको १३  जनाको एन्टिजेन परिक्षणबाट १० जनामा कोरोना संक्रमण देखिएको मुसिकोट नगरपालिका स्वास्थ्य शाखाले जानकारी दिएको छ ।

आज कोरोना संक्रमित हुने मध्यमा मुसिकोट नगरपालिका वडा नम्बर ७ का २ जना परुष र ३ जना महिला, वडा नम्बर ९ का १ जना पुरुस र १ जना महिला, वडा नम्बर ३ का २ जना पुरुष र १ जना माहिला रहेका  छन्  ।

आज थप १० जना कोरोना संक्रमित थपिएसंगै मुसिकोट नगरपालिकामा  कोरोनाको तेस्रो भेरियन्ट ( ओमिक्रोन) बाट संक्रमित भएका कुल सक्रिय संक्रमितको संख्या ५३ पुगेको छ ।

अहिले संक्रमित सबैको अबस्था सामान्य रहेकोले होम आइसोलेसनमा पठाइएको मुसिकोट नगरपालिका स्वास्थ्य शाखा संयोजक डिबी जिसीले जानकारी दिनुभयो ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय