पछिल्लो २४ घण्टाको कोरोना अपडेट !

काठमाडौं। कोरोना संक्रमणबाट थप ३२ जनाको मृत्‍यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकी प्रवक्ता डा. संगीता मिश्राका अनुसार पछिल्लो २४ घण्टामा मृत्यु हुने र यसअघिको तथ्यांकमा छुटेकासमेत गरी मृतक संख्या ३२ रहेको जानकारी दिएकी छन् ।

उनका अनुसार वीरेन्द्र सैनिक अस्पतालबाट आइतबारसम्म १२ जनाको मृत्यु भएको तथ्यांक प्राप्त भएको छ । त्यस्तै माघ १३ देखि १६ गतेसम्म विभिन्न अस्पतालमा २० जनाको मृत्यु भएको मन्त्रालयको भनाइ छ । यस्तै पछिल्लो २४ घण्टामा थप ३ हजार ५४० जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार ९ हजार ९१० जनाको पीसीआर परीक्षण गर्दा ३ हजार ४९ जना र ३ हजार २३५ जनामा र दुई हजार ८८३ एन्टीजेन परीक्षण गर्दा ४९१ जना गरी कुल तीन हजार ५४० जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

हाल देशभरमा ८३ हजार ९९९ सक्रिय संक्रमित छन् भने ६ हजार ३५९ जना संक्रमणमुक्त भएका छन् ।

यो पनि पढ्नुहोस्- काठमाडौं । नेपालमा कोरोनाभाइरस संक्रमणदर एक सातामै करिब ४ प्रतिशतले ओरालो लागेको छ। कोरोनाको तेस्रो लहर सुरु भएको छोटो समयमै संक्रमणदर घट्न थालेको हो।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा अघिल्लो हप्ता १ लाख १६ हजार ६१३ पीसीआरमा परीक्षण भएको थियो । जसमध्ये ५५ हजार ५ सय ९५ जनामा संक्रमण पुष्टि भएको थियो। तर यो साता १ लाख १ हजार ३ सय ११ पीसीआर परीक्षण हुँदा ४२ हजार ५९६ जनामा मात्रै संक्रमण देखिएको हो।

यो हप्ता संक्रमण दर घटेर ४२ प्रतिशतमा झरेको छ। मन्त्रालयका अनुसार अघिल्लो हप्ताको तुलनामा संक्रमण दरमा ४ प्रतिशतले कमी आएको हो ।

तर एन्टिजेन परीक्षणबाट भने संक्रमण दर केही बढी देखाएको छ। अघिल्लो हप्ता गरिएको ३२ हजार ९९६ एन्टिजेन परीक्षणमा ११ हजार ८ सयमा संक्रमण पुष्टि भएको थियो।

यो हप्ता ३९ हजार ८३४ एन्टिजेन परीक्षण गर्दा १४ हजार ३५५ जनामा संक्रमण पुष्टि भएको हो । एन्टिजेनतर्फ संक्रमणदर बढेर ३६.१ प्रतिशत पुगेको छ। अघिल्लो हप्ताको तुलनामा संक्रमण दर २.७ ले बढेको हो। तर दुवैतर्फ औसतमा ४ प्रतिशतले संक्रमण दर घट्न पुगेको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय