महिला कल्याणकारी बहुउद्देश्यीय सहकारी संस्था लि.१५ औ बार्षिक साधारण सभा सम्पन्न ।

कौरव खत्री,गुल्मी । गुल्मी मुसिकोट नगरपालिका २ स्थित रहेको महिला कल्याणकारी बहुउद्देश्यीय सहकारी संस्था लि.को १५औ बार्षिक साधारण सभा शनिवार मुसिकोट देउरालीमा सम्पन्न भएको छ ।सधारारण सभालाई सम्वोधन गदै प्रमुख अतिथि मुसिकोट नगरपालिकाका वडा नं. २ का वडा अध्यक्ष लक्षमण खत्रीले महिला सहकारीलाई अझ जागरुक बनाएर सहकारीलाई अगाडी बढाउन आग्रह गर्नु भएको थियो ।

सोही अवसरमा नेपाल राष्ट्रिय त्रिभुवन माध्यमिक विद्यालयका पूर्व प्रधानाध्यापक तेज बहादुर महत,खस्थोक माध्यमिक विद्यालयका प्रधानाध्यापक कृष्ण बहादुर सुर्यबशी,मुसिकोट नगरपालिकाका फिल्ड शाखा महेन्द्र घिमिरे,नेपाल राष्ट्रिय त्रिभुवन माध्यमिक विद्यालयका शिक्षक निर्मला केसी,खस्थोक माध्यमिक विद्यालयका शिक्षक श्रीराम पोख्रेल,महिला कल्याणकारी बहुउद्देश्यीय सहकारी संस्था लि.का पूर्व अध्यक्ष पार्वती खराल, महिला कल्याणकारी बहुउद्देश्यीय सहकारी संस्था लि.का पूर्व उपाध्यक्ष रोवेट सिंह ठकुरी लगायतले शुभकामना मन्तव्य राख्नु भएको थियो ।

त्यस्तै साधारण सभामा मुसिकोट नगरपालिकाका कार्यपालिका सदस्य गोविन्द्र नेपाली,युवा समाजसेवी राम बहादुर केसी,गंगा प्राथमिक विद्यालयका प्रधानाध्यापक कौरव बहादुर खत्री, खस्थोक माध्यमिक विद्यालयका विद्यालय व्यवस्थापन समिति अध्यक्ष दिपक कुमार महत,नेपाल राष्ट्रिय त्रिभुवन माध्यमिक विद्यालयका विद्यालय व्यवस्थापन समिति पूर्व अध्यक्ष इश्वरी प्रसाद आचार्य,सहकारी संस्था लि.का शेयर सदस्य,तथा समाजसेवी लगायतको सहभागिता रहेको थियो ।

त्यस्तै साधारण सभामा महिला कल्याणकारी बहुउद्देश्यीय सहकारी संस्थालाई योगदान पु¥याउनु भएका महिला कल्याणकारी बहुउद्देश्यीय सहकारी संस्था लि.का पूर्व अध्यक्ष पार्वती खराल,पूर्व उपाध्यक्ष रोवेट सिंह ठकुरी, पूर्व व्यवस्थापक सावित्रा बिष्टलाई दोसल्ला ओडाएर सम्मान गरिएको थियो ।

त्यस्तै अवसरमा मुसिकोट नगरपालिका वडा नं. २ निवासी युवा समाजसेवी राम बहादुर केसीले आफ्नो जन्मदिनको अवसरमा महिला कल्याणकारी बहुउद्देश्यीय सहकारी संस्था लि.लाई नगद रु ५हजार, १सय रकम हस्तान्तरण गनुभएको थियो ।

त्यस्तै सभामा महिला कल्याणकारी बहुउद्देश्यीय सहकारी संस्था लि.अध्यक्ष तारा महतले बार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गनुभएको थियो भने संस्थाका व्यवस्थापक कल्पना घिमिरेले आर्थिक बर्ष २०७७÷०७८ को आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।

२०६३ सालमा स्थापना भएको सहकारी संस्थामा हाल २सय, ९० जना शेयर सदस्य आवद्ध रहेका छन् । मुसिकोट नगरपालिका वडा नं. २लाई कार्य क्षेत्र रहेको महिला सहकारीले मासिक बचत,विभिन्न कृषि कार्यक्रम,महिला सशक्तिकरण तालिम लगायतका कार्यक्रमहरु सञ्चालन गदै आइरहेका महिला कल्याणकारी बहुउद्देश्यीय सहकारी संस्था लि.का अध्यक्ष महतले जानकारी दिनुभयो ।

कार्यक्रम महिला कल्याणकारी बहुउद्देश्यीय सहकारी लि.का अध्यक्ष तारा महतको अध्यक्षता तथा सहकारी संस्था लि.का शेयर सदस्य रेशम रायमाझीको स्वागत मन्तव्यसँगै शुरु भएको कार्यक्रमको सञ्चालन भने महिला कल्याणकारी बहुउद्देश्यीय सहकारी संस्था लि. का सचिव शुसिला पोखरेलले गर्नु भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय