भोली र पर्सि ५ वर्षमुनिका बालबालिकालाई भिटामिन ए खुवाइदै

मंसिर १०, २०७७
काठमाडौं । भोली र पर्सि देशभरका ५ वर्ष मुनिका बालबालिकालाई भिटामिन ुएु खुवाइदैछ । नियमित कार्यक्रम अन्तर्गत भोली र पर्सि राष्ट्रिय भिटामिन ुएु कार्यक्रम सञ्चालन हुन लागेको हो।

परिवार कल्याण महाशाखा अन्तर्गत पोषण शाखा प्रमुख केदारराज पराजुलीले मंसिर ११ र १२ गते राष्ट्रिय भिटामिन ुएु कार्यक्रमँगै जुकाको औषधि र पोषण तत्वले बनेको बालभिटा खुवाउनुका साथै बालबालिकाको पाखुराको नाप लिइने जानकारी दिनुभयो।

बालबालिकाहरुमा हुनसक्ने स्वास्थ्य जटिलता तथा कुपोषणको जोखिम न्यून गर्न नेपालमा राष्ट्रिय भिटामिन ुएु कार्यक्रम मार्फत ६ देखि ५९ महिनाका बालबालिकाहरूलाई भिटामिन ुएु क्याप्सुल, १ देखि ५ वर्ष सम्मका बालबालिकाहरुलाई जुकाको औषधि र ६ देखि २३ महिनाका बालबालिकाहरुलाई बहुसूक्ष्म पोषक तत्व बालभिटा कार्यक्रम हुँदै आएको छ ।

पराजुलीका अनुसार वर्षमा २ पटक हुने यस कार्यक्रम अन्तर्गत २७ लाख बालबालिकाले भिटामिन ुएु क्याप्सुल पाउनेछन् । साथै ६ लाख बालबालिकालाई बालभिटा र २४ लाख बालबालिकालाई जुकाको औषधि खुवाइँदै आएको छ । भिटामिन ुएु कार्यक्रममा देशभरका करिव ५२ हजार स्वास्थ्य स्वंमसेविका सहभागी हुनेछन् ।

६ महिनादेखि ५ वर्षउमेर सम्मका बालबालिकामा हुनसक्ने स्वास्थ्य जटिलता तथा कुपोषणको जोखिम न्यूनीकरण गर्न नेपालमा २०५३ सालबाट भिटामिन ुएु खुवाउन सुरु गरिएको हो । बालबालिकालाई जुकाको औषधि २०५८ र बालभिटा २०६६ सालदेखि खुवाउन थालिएको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय