मुसिकोटमा थप ९ जनामा कोरोना संक्रमण पुष्टी !

गोविन्द कंडेल, मुसिकोट गुल्मी । १३ माघ २०७८ , गुल्मीको मुसिकोट नगरपालिकामा आज थप ९ जनामा कोरोना सक्रंमण पुष्टी भएको छ ।

संकास्पद लक्षण देखिएका १३ जनाको आज वामीटक्सार स्वास्थ्यचौकी, वडागाँउ स्वास्थ्यचौकी र कुर्घा स्वास्थ्यचौकीमा गरिएको एन्टिजेन परिक्षणमा मुसिकोट नगरपालिकाकाका ९ जनामा कोरोना भाईरसको सक्रंमण पुष्टी भएको हो । तेस्रो भेरियन्ट समुदायस्तरमा फैलिएको आशंकामा संकास्पद व्यक्तिहरुको परिक्षण गरिएको हो ।

आज संक्रमित हुनेहरुमा मुसिकोट नगरपालिका वडा नं. ३ का ४ जना महिला, मुसिकोट नगरपालिका वडा नं. ६ का १ जना पुरुष र १ जना महिला त्यसैगरी वडा नं. ७ का २ जना पुरुष र १ जना महिला रहेको मुसिकोट नगरपालिकाका स्वास्थ्य संयोजक डि.वि.जि.सी.ले सेरोफेरो नेपाललाइ जानकारि गराउनु भयो । मुसिकोट नगरपालिकाले ९ वटा वडाका सवै स्वास्थ्यचौकीमा नै एन्टिजेन परिक्षणको सुविधा उपलव्ध गराएको छ ।

बिरामिहरुमा रुघाखोकी र ज्वरो लगायतका कोभिड -१९ सँग सम्वन्धीत विभिन्न लक्षणहरू देखिय पछि एन्टिजेन परिक्षण गरिएको र अहिले संक्रमितको अबस्था सामान्य रहेकोले होम आइसोलेसनमा पठाइएको वताइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय