अनिष पन्थी ,गुल्मी । गुल्मीको धुर्काेट गाउँपालिका वार्ड न .४ बर्बाेटमा फेन्सी पसल र चिया पसलमा आगलागी भएको छ ।
गएराति एक बजेकाे समयमा बिन्दु बस्नेतकाे फेन्सी पसल र गाेमा भण्डारीकाे काठबाट निर्माण गरिएको चिया-नास्ता पसलमा आगलागी हुँदा ४ लाख बराबरको क्षेती भएको डिएसपी माधव खरेलले जानकारी दिए ।
अहिलेसम्म जिल्ला प्रहरी कार्यालय गुल्मीमा प्राप्त भएको विवरण अनुसार चार लाख बराबरको क्षेती भएको डिएसपी खरेलले जानकारी दिए।
आगाेलागीबाट कुनै मानविय क्षति नभएतापनि पसलभित्र रहेका सम्पूर्ण फेन्सि एवम् चिया-नास्ता बनाउने सामग्री जलेर पूर्णरूपमा नष्ट भएकाे जिल्ला प्रहरी कार्यालय गुल्मीका डिएसपी खरेलले जानकारी दिए ।
आगाे कसले र किन लगायो भन्ने अझै खुलेको छैन । घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।


