हात्तीको आक्रमणबाट एकजनाको मृत्यु

झापा । झापाको दमक नगरपालिका-३ रनधौज चोकस्थित हुम्सेदुम्से सामुदायिक वनबाट आएको हात्तिको आक्रमणमा परी एकजनाको ज्यान गएको छ ।

सोमबारराति सामुदायिक वनबाट निस्केको हात्तिको आक्रमणमा परी दमक नगरपालिका-३ का ६३ वर्षीय गणेशप्रसाद अधिकारीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायव उपरीक्षक बसन्त पाठकले जानकारी दिए ।

प्रहरी नायव उपरीक्षक पाठकका अनुसार कुलोमा पानी लगाउन जाने क्रममा अचानक आक्रमण गर्दा घटनास्थलमा नै उनको मृत्यु भएको हो ।

यो पनि पढ्नुहोस्- कुन-कुन गाउँ-नगरमा सबैभन्दा धेरै र थोरै छ जनसंख्या ?

काठमाडौं । राष्ट्रिय जनगणना २०७८ले बाँकेको बैजनाथपुर गाउँपालिकामा सबैभन्दा धेरै जनसंख्या रहेको देखाएको छ ।

गाउँपालिकातर्फ सबैभन्दा धेरै जनसंख्या भएका ५ गाउँपालिकाहरुमा बाँके जिल्लाको बैजनाथसहित राप्तीसोनारी र खजुरा, रुपन्देही जिल्लाको मायादेवी र कपिलवस्तु जिल्लाको मायादेवी हुन् ।

सबैभन्दा कम जनसंख्या भएका ५ गाउँपालिकाहरुमा मनाङको नार्पा भूमी, मुस्ताङ्गको लो-घेकर दामोदरकुण्ड, मनाङको मनाङ ङ्सियाङ र नासोँ गाउँपालिका छन् ।

सबैभन्दा धेरै जनसख्या बाँकेको बैजनाथ गाउँपालिकामा ७०,३१५ र सबैभन्दा कम जनसंख्या भएको मनाङको नार्फाभूमि गाउँपालिकामा ४४२ रहेको राष्ट्रिय तथ्यांक विभागले जनाएको छ ।

जनगणनाअनुसार १० हजार भन्दा कम जनसंख्या हुने गाउँपालिकाको संख्या ४६ छ भने ५० हजार भन्दा बढी जनसख्या हुने गाउँपालिकाको संख्या १५ रहेको छ ।

राष्ट्रिय जनगणना २०७८ को प्रारम्भिक नतिजा अनुसार शहरी क्षेत्र वा नगरपालिकाहरूमध्ये सबैभन्दा धेरै जनसंख्या भएका ५ नगरपालिकाहरुमा क्रमशः काठमाडौं, पोखरा, भरतपुर, ललितपुर र वीरगञ्ज महानगरपालिका हुन् ।

सबैभन्दा कम जनसंख्या भएका ५ नगरपालिकाहरुमा डोल्पाको ठूलीभेरी र त्रिपुरासुन्दरी, संखुवासभाको मादी, तेह्रथुमको लालिगुराँस र दोलखाको जिरी नगरपालिका छन् ।

सबैभन्दा धेरै जनसख्या भएको काठमाडौं महानगरपालिकामा ८,६५,९०६ र सबैभन्दा कम जनसंख्या भएको ठूलीभेरी नगरपालिकामा १०,१८७ जनसंख्या रहेको विभागले जानकारी दिएको छ ।

२० हजारभन्दा कम जनसंख्या हुने नगरपालिकाको संख्या १४ छ भने १ लाखभन्दा बढी जनसख्या हुने नगरपालिकाको संख्या ३९ वटा रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय