अर्लाङ्कोट सेवा समाज जापानको पहलमा संकलित सहयोग रकम ढाड रोगिलाई हस्तान्तरण

कालिदास खरेल,अर्लाङ्कोट गुल्मीअर्लाङ्कोट सेवा समाज जापानको पहलमा संकलित १ लाख ७३ हजार २ सय रुपिया मुसिकोट नगरपालिका -९,निवासि ढाड रोगिलाई हस्तान्तरण गरिएको छ।

संकलित सहयोग रकम अर्लाङ्कोट सेवा समाज जापानको पहलमा जापानमा संकलन गरिएको हो।

केहि समय अगाडि दुर्घटनामा परि ढाड रोगि हुनु भएकि मुसिकोट न.पा.-९,दासिकोट(हाल घडेरि)निवासि श्री भक्त ब. वि.क.कि श्रीमती सुमित्रा वि.क.को उपचारार्थ सहयोग रकम नगद रु.१ लाख ७३ हजार २ सय(१,७३,२००)अौपचारिक कार्यक्रमका बिच अाज उहा कै घरमा पुगेर हस्तान्तरण गरिएको थियो।

कार्यक्रममा बिशेष अतिथिको रुपमा अर्लाङ्कोट सेवा समाज जापानका सचिव सागर खराल र मुसिकोट नगरपालिका-९ का वडा अध्यक्ष नरेशराज खरेल, अतिथि जापानको संस्थाका सदस्य केशव खरेलको रहेको कार्यक्रममा यस संस्थाका अर्लाङ्कोट कार्य समितिका पदाधिकारि,समाजसेवि,शिक्षक,पत्रकार लगायत अन्य ब्यक्तिहरुको उपस्थितिमा सम्पन्न भएको थियो।

कार्यक्रममा अर्लाङ्कोट सेवा समाज जापान अर्लाङ्कोटका सचिव डिल्लिराज खरेल,समाजसेवि गोविन्द सापकोटा र मुसिकोट नगरपालिका-९ का वडाध्यक्ष नरेशराज खरेलले समेत संस्थाले स्थापना काल देखि हाल सम्म हरेक क्षेत्रमा गरेको सहयोगको स्मरण गर्दै धन्यवाद ज्ञापन गर्नुका साथै भावि दिनमा समेत मातृभूमिप्रति माया गरिरहनुहुने अपेक्षा गर्नुभएको थियो।

सोहि कार्यक्रममा जापान समितिका सचिव एवम् विशेष अतिथि सागर खरालले आफुहरुले जस्तो सुकै मूल्य चुकाएर भएपनि मातृभूमिको सहयोग गर्न चाहेकोले अर्लाङ्कोटमा रहेको संस्थाको कमिटिले स्पष्ट योजना पेश गर्न र संस्थाको अन्य गतिविधि पारदर्शी गर्न समेत अाग्रह गर्नु भयो।

संस्थाका अध्यक्ष लाल बहादुर गोतामेको सभापतित्व रहेको कार्यक्रमको संचालन संचारकर्मि कालिदास खरेलले गर्नु भएको थियो।

स्मरण रहोस सोहि कार्यक्रममा संस्थाका उपाध्यक्ष राम प्रसाद खरेलले समेत तिन हजार चन्दा सहयोग प्रदान गर्नु भएको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय