गोविन्द कंडेल, मुसिकोट गुल्मी । १२ माघ २०७८ , गुल्मीको मुसिकोट नगरपालिकामा आज थप ५ जनामा कोरोना सक्रंमण पुष्टी भएको छ ।
संकास्पद लक्षण देखिएका ५ जनाको आज वामीटक्सार स्वास्थ्य चौकी र आधारभुत सहरी स्वास्थ्य केन्द्र वडागाँउमा गरिएको एन्टिजेन परिक्षणमा मुसिकोट नगरपालिकाकाका ५ जनामा कोरोना भाईरसको सक्रंमण पुष्टी भएको हो । तेस्रो भेरियन्ट समुदायस्तरमा फैलिएको आशंकामा संकास्पद व्यक्तिहरुको परिक्षण गरिएको हो ।
आज संक्रमित हुनेहरुमा १ जना मुसिकोट नगरपालिका कार्यालयका कर्मचारी, १ जना वामीटक्सार स्वास्थ्यचौकीका कर्मचारी, २ जना वडा नं ४ स्थित आधारभुत सहरी स्वास्थ्य केन्द्रका कर्मचारी एक जना मुसिकोट नगरपालिका वडा नं. ७ का स्थानियवासी रहेको मुसिकोट नगरपालिकाका स्वास्थ्य संयोजक डि.वि.जि.सी.ले सेरोफेरो नेपाललाइ जानकारि गराउनु भयो ।
मुसिकोट नगरपालिकाले ९ वटा वडाका सवै स्वास्थ्यचौकीमा नै एन्टिजेन परिक्षणको सुविधा उपलव्ध गराएको छ ।बिरामिहरुमा रुघाखोकी र ज्वरो लगायतका कोभिड -१९ सँग सम्वन्धीत विभिन्न लक्षणहरू देखिय पछि एन्टिजेन परिक्षण गरिएको र अहिले संक्रमितको अबस्था सामान्य रहेकोले होम आइसोलेसनमा पठाइएको वताइएको छ ।


