मतदान गर्न आउँदै गर्दा दुर्घटनामा परेर प्रदेशसभा सदस्य घाइते

दाङ । राष्ट्रिय सभा निर्वाचनमा सहभागी हुन दाङको घोराही आउँदै गर्दा दुर्घटनामा परेर लुम्बिनी प्रदेश सभाका एकजना सदस्य घाइते भएका छन् ।

प्रदेश सभा सदस्य तुलसी चौधरी घाइते भएका हुन् । उनको हातमा सामान्य चोट लागेको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता मुकुन्दप्रसाद रिजालले जानकारी दिए ।

चौधरी चढेको बा २ झ ३४४४ स्कारपिओ गाडी गढवा गाउँपालिकाको कालाकाटे नजिक ट्रकसँग ठोक्किएको थियो ।

यो पनि पढ्नुहोस् – धनगढी । राष्ट्रिय सभा निर्वाचनको मतदान सुरु भएको छ । सातवटै प्रदेशहरूमा मतदान जारी छ ।

सुदूरपश्चिममा रिक्त रहेका तीन वटा राष्ट्रियसभा सदस्य चयनका लागि प्रदेशको अस्थायी मुकाम धनगढीस्थित प्रदेशसभा परिसरमा केहीबेर अघि मतदान शुरू भएको छ।

निर्वाचन अधिकृतको कार्यालयका अनुसार प्रदेशसभा सदस्यहरूले मतदान केन्द्र ‘क’ र स्थानीय तहका प्रमुख, उपप्रमुख तथा अध्यक्ष, उपाध्यक्षहरुले मतदान केन्द्र ‘ख’ मा भोट खसालिरहेका छन् ।

मधेश प्रदेशको मतदान स्थल
सुदूरपश्चिममा सत्तारूढ गठबन्धन र नेकपा एमालेबीच चुनावी प्रतिस्पर्धा छ ।

यसैगरी मधेश प्रदेशमा पनि मतदान जारी छ । मधेश प्रदेशमा नेकपा एमाले र लोसपाले गठबन्धन गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय